विषय प्रवेशः

मानव जीवन र जगत्ले मात्र विचार, दर्शन, क्षमताको ज्ञान राख्दछ । तिनै विचारहरूको निष्कर्षमा दर्शनको निर्माण हुन्छ । दर्शनको दिशा निर्देशमा समाजमा रहेका, भएका लक्ष्य, उद्देश्य माग मुद्दाहरूलाई सूत्रीकृत गरेर मानव जीवनमा प्रयोग हुन्छ । “यो प्रक्रिया मानव जीवनको अस्तित्व रहे सम्म निरन्तर रूपमा चलिरहन्छ ।” (गोपिनारायण उपाध्ययःसमकालीन दृष्टिकोणमा कार्लमाक्र्सः २०८१ः पृष्ठभूमिका पहिलो अनुच्छेद) वास्तवमा राजनीतिक, सामाजिक, सांस्कृतिक आर्थिक दृष्टिकोण दर्शनकै जगबाट तयार हुन्छ ।

नेपालको सन्दर्भमा विभिन्न राजनीतिक दलहरू आ–आफ्नो दर्शन सिद्धान्त, संगठन, निति, निर्माण व्यवहारिक आधारमा प्रयोग गरिने विषय दस्तावेजमा उल्लेख गरेका छन् । ती दलहरूमध्ये कम्युनिष्ट पार्टी एउटा फरक विचार सिद्धान्त भएको पार्टी हो । यद्यपि कम्युनिष्ट पार्टी पनि विभिन्न काल खण्डमा विभाजन र टुक्रिएर रहेका छन् । सारमाः ती पार्टीहरूले बोक्ने सिद्धान्त माक्र्सवादी सिद्धान्त नै हो ।

विश्व परिस्थिति नेपालको समसामयिक परिस्थिति विशेषताको आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग भनी नीति, विचार, कार्यक्रम अधिवेशनबाट निर्माण गरेका छन् । तर माक्र्सवादी दृष्टिकोणको आधारमा त्यसको व्यवहारिक कार्यान्वयन गरिरहेको छ त ? किनकि पटक–पटक कम्युनिष्ट पार्टीहरू सत्तामा गएका छन् । यसको पनि समीक्षा र विश्लेषण गरिनु पर्दछ । 

विश्व पुँजीवाद र समाजवाद: प्रतिष्पर्धा 

आजको विश्व एक वा दुई ध्रुवमा मात्र विभाजित छैन । सन् १९९० भन्दा अगाडि एउटा धु्रवको नेतृत्व अमेरिका लगायतका पुँजीवादी युरोपेली मुलुकहरूले गरेका थिए भने अर्को ध्रुवको नेतृत्व सोभियत संघ रूस समाजवादी देशले गरेको थियो । सन् १९९० सम्ममा आइपुग्दा अमेरिकामा रोनाल रेगनको उदय र सोभियत संघमा मिख्याल गोर्वाचोकको उदय हुँदा ती दुवैको प्रतिष्पर्धामा सोभियत संघमा कम्युनिष्ट वा समाजवादी सत्ता ढल्यो । केही समयसम्म पँुजीवादी देशहरूले एक ध्रुवीय विश्वको नारा लगायो । “सन १९७९ मा बेलायतमा मागर्रिट थ्याचर र सन १९८० मा रोनाल रेगनको उदयले त्यस मान्यताको प्रखरतालाई प्रष्टयाउँछ ।” (नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तनः सन् २००४ः हरि रोक्काः १६८)

यो परिस्थितिसम्म आइपुग्दा पुँजीवादले २ चरण पार गर्दै तेस्रो चरणमा प्रवेश गरिसकेको थियो । पुँजीवादको पहिलो चरण विकासवाद, दोस्रो चरण उदारवाद र तेस्रो चरण नवउदारवादबाट थियो । अहिले पनि नवउदारवाद विचारधारा नै पुँजीवादी देशहरूको मार्ग निर्देश सिद्धान्त हो । त्यस पछिको समय बदलिएर गएको छ । अबको विश्व दुनियाँ बहुध्रुवीय छ । त्यसो भएको कारण विश्व समाज पनि बहुआयामिक छ । जसको अर्थ हो सहकार्य र सहअस्तित्व । उदाहरणका लागि अमेरिका, चीन, रूस, बेलायत, फ्रान्तस, जर्मन, जापान, उत्तरकोरिया, दक्षिण कोरिया, भारत जस्ता मुलुकहरू एकातिर आर्थिक र सामारिक प्रतिष्पर्धा गरिरहेका छन् भने, सामारिक प्रतिष्पर्धा गर्न नसक्ने देशहरूले अर्थात पुँजीवादी देशहरू बीचमा आर्थिक प्रतिष्पर्धा गरिरहेका छन् । यिनीहरूका बीचमा बहुध्रुवीय सहअस्तित्व र सहकार्य नहुने हो भने विश्वयुद्धको खतरा रहेको छ ।

अहिलेको पुँजीवादी विकास चरणको नवउदारवादी विचारधारामा आइपुग्दा विचार धारात्मक प्रतिष्पर्धा एकातिर छ भने अर्कोतिर पुँजीवादी देशहरू भित्र पनि द्वन्द्व÷टकराव रहेको छ । “पुँजीवाद मुलुकहरूले वर्तमान युगलाई नवउदारवादी युग मान्दछ । सम्पूर्ण विश्व अर्थतन्त्र यसै विचारधारागत प्रवाहित भएमा .............समग्र विश्व विश्वग्राममा बदलिन सक्ने कुरा अगाडि सारेको छ ।” (ऐ हरि रोक्काः २००४ः १७३) यता विश्व कम्युनिष्ट मुलुकहरूको विश्व प्रभाव कम रहेको छ । यद्यपि उनीहरू पनि एक अर्कामा प्रतिष्पर्धा गरिरहेका छन् । वर्तमान परिस्थितिमा पुँजीवादी देशहरूले नवउदारवादी विचारधारालाई अँगाले पनि स्वयम नवउदारवादी अर्थशास्त्रीहरूले यो विचारधारा धरापमा पर्दै आएको बताउन थालेका छन् ।

“अहिले पनि समग्र विश्व त्यस ढाँचामा चलेको छैन ।” (२००४ः हरि रोक्का ऐ. पृष्ठ) यसलाई पुष्टि गर्ने आधार सन १९९४ मा धनी राष्ट्रको कुल आम्दानी ७८ प्रतिशत र गरिब देशको अत्यन्तै गरिबको कुल आम्दानी १ प्रतिशत हिस्सा थियो । त्यसकारण “धनी र गरिबबीचको भिन्नता अनुपात १ः३० सन् १९६० मा र १ः७८ सन् १९९४ भयो ।” (Bennt 2001:52)

विश्वमा मार्क्सवादको प्रयोग:

कार्लमार्क्सले हेगेलको न्याय दर्शन समलोचना, पवित्र परिवार लेख । सन् १८४५ मा फ्रान्सबाट निष्कासित भयो । १८४७ मा दर्शनको दरिद्रता र सन १९४८ मा मुक्त व्यापारको विवेचना लेखे । लामो छलफल अध्ययन अनुसन्धान र विश्वमा परिष्कृत भए पछि मात्र माक्र्सबाट मार्क्सवाद विचारधाराको जन्म भयो । मैले यो विषय किन उठाइरहेको छु भने मार्क्सवाद/सिद्धान्तले जनताको सेवा गर्दैन भन्नेहरूका लागि । जब मार्क्स सन् १९४७ मा एउटा गुप्त कम्युनिष्ट लिगमा सामेल भए । ......अब देखि उनले त्यसको संरचना र उद्देश्यमा नै परिवर्तन गरिदिए ।” (समकालीनहरूका दृष्टिमा कार्लमार्क्स: २०८१ः मधुवन प्रकाशनः ३०)

यस अर्थमा विश्व दुनियाँ बदल्ने माक्र्सवाद, सिद्धान्तका विषयमा कम्युनिष्टहरू नै किन खाना/लगाउन नसकिने भन्दै विरोध गर्छन ? अलिकति विश्लेषण गरौँ । माक्र्सवादको प्रयोग सबैभन्दा पहिले सन् १८१७ मा पूर्व सोभियत संघमा भयो । त्यस पछि युरोपका पूर्वी राज्यहरूमा भयो । सन् १९९० मा ७५ वर्षपछि पूर्व सोभियत संघमा पुँजीवादी राष्ट्रहरूको रणनीतिक, कुटनीतिक कार्यले विघटन भयो । त्यो समयमा पुँजीवाद र समाजवादबीचको विचार धारात्मक सिद्धान्तमा प्रतिष्पर्धा थियो । तिनीहरूले मार्क्सवाद ढलेको बताए ।

यद्यपि अहिले पुँजीवादी देशहरूले नवउदारवाद विचार धाराको चरणमा आइपुग्दा मार्क्सवाद वा समाजवाद नभनी कुनै मार्क्सवादको प्रारूपहरू प्रयोग गर्न थालेका छन् पुँजीवादको नामबाट । उदाहरणका लागिः बेलायतमा बच्चा जन्मेदेखि १८ वर्षसम्म राज्यले नै उसको खर्चहरू बेहोर्ने गर्दछ । १८ वर्ष पछि काम गरिखाने योग्य भयौ काम खोजेर गर भन्दछ । यदि उसले जागिर वा काम पाएन भने राज्यले बेरोजगार भत्ता वा काम खोजेर काममा लगाइदिन्छ । वृद्ध मानिसहरूलाई वृद्धभत्ता, अपाङ, असहायहरूलाई भत्ता ग्यारेन्टी गरिदिएका छन् । यो मार्क्सवादको व्यवहारिक प्रयोग हो ।

दोस्रो उदाहरणः पुँजीवादी विकसित राष्ट्रहरूमा धनी सम्पन्न व्यक्तिहरूलाई उसको आय अनुसारको राजस्व तिराउँछ । मध्यम वर्गलाई त्यही अनुसारको राजस्व तिराउँछ । तिनै धनी र मध्यम वर्गबाट जम्मा भएको राजस्वले त्यहाँका गरिब जनताहरूलाई राज्यले नै पाल्छ । तेस्रो उदाहरणः ती पुँजीवादी मुलुकहरूमा राजनीतिक प्रणालीलाई व्यवहारमा उतार्न नीति, कार्यक्रम र सिस्टम रहेको हुन्छ । सिस्टम भन्दा बाहिर गए राज्य नै कारबाहीको दायरामा ल्याइहाल्छ । धनी, मध्यम वर्ग र गरिबलाई एउटै कानुन लाग्छ । यस अर्थमा समाजवादीहरू विश्व इतिहास र सभ्यताका हरेक राम्रा कामका उत्तराधिकारी हुनुपर्छ ।

“पुजीवादले विकास गरेको उत्पादन संस्कृति तथा विज्ञान र प्रविधिको धरातल माथि उभिएर नै समाजवादको निर्माण हुन्छ ।” (नेपाली समाज परिवर्तनको बाटो–संघीय समाजवादः सन २०१२ः९) यस अर्थमा ती पुँजीवादी देशहरूले माक्र्सवादको प्रयोग गरिरहेको छ । फ्रान्स, बेलायत, जर्मनमा मार्क्सको मूर्ति/पार्क नै बनाएका छन् । यस अर्थमा अहिले पनि विश्वका देशहरूले समाजवादको आ–आफ्नै मोडेल प्रयोग गरिरहेका छन् । चीन, क्युवा, उत्तर कोरिया, फिन्डल्याण्ड, स्क्वान्डियामा मुलुकहरू, ल्याटिन अमेरिका, ब्राजिल, भेनेजुयला जस्ता देशहरूले समाजवादको मोडेल अपनाएका छन् । 

नेपालमा मार्क्सवादको प्रयोग र समस्या:

विश्व कम्युनिष्ट घोषणा–पत्र अनुसार “नेपाली जनता नाङ्गै रहून्, भोकै मरून्, नेताजीहरूलाई के को वास्ता ? तर नेपाली जनतालाई शोषण गर्नु र नेपालमा साम्राज्यवादी अड्डा कायम गराई धरमराएको पुँजीवाद र साम्राज्यवादलाई टेवा दिई समाजवादी सोभियत संघ र चीनलाई क्षति पु¥याउने चेष्टा गर्ने नेताजीहरूलाई अत्यन्तै वास्ता मात्रै होइन सरोकार पनि छ ।” (कम्युनिष्ट घोषणापत्रः २०८०: ३१) परिस्थिति बदलिएको छ ।

माथि पनि चर्चा भएको छ कि नेपालमा विश्व पुँजीवाद प्रभाव, देशको परिस्थिति कमजोर राजनीति र अर्थतन्त्र, सामन्तवादको भर्खरै अन्त, अवशेष कायम आदिका कारण मिश्रित राजनीतिक र मिश्रित अर्थप्रणाली र त्यसमा दलका नेतृत्वहरूबाट सत्तामा गए पछि हुने भ्रष्टाचारले गर्दा पुँजीवाद विकासको बाधक बनिरहेको छ । यो स्पष्ट हो कि पुँजीवाद विकास नभए समाजवाद आउँदैन ।

नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्ना राजनीतिक प्रतिवेदनमा दलाल नोकरशाही पुँजीवादको विरुद्धको आन्दोलन नभए समाजवादमा पुग्न नसकिने बताउँछन् । “मैले जनताको बहुदलीय जनवादको चर्चा गर्नुको सान्दर्भिक..........पुष्पलालद्वारा २०२५ सालमा प्रस्तुत कार्यक्रममा जवजको मूलभूत तत्त्वहरू पाइन्छ ।” (नयाँ जनवादी कार्यक्रमः मधुवन प्रकाशन २०८०ः५८ः माधवकुमार नेपाल) दोस्रोः नेपाली काङ्ग्रेसको वीरगन्जमा २०११ सालमा अधिवेशन हुँदा “पार्टीको उद्देश्य देशमा लोकतान्त्रिक समाजवादी व्यवस्था कायम गर्ने भन्ने घोषणा ग¥यो ।” (वि.पी. कोइरालाका विचारहरूः मधुवन प्रकाशनः २०७९ः१९७–१९८) यहाँ पनि दलाल नोकरशाहीको चर्चा गर्नुभएको छ ।

तेस्रो: कम्युनिष्ट पार्टी र शासन व्यवस्थाका बारेमा संसद्को रूप पक्षको प्रयोग गर्ने र सारपक्षको विरोध गर्ने (जवज) । गोपीनारायण उपाध्यय लेख्छन् “बुर्जुवा वर्गले लोकतन्त्रलाई केवल संगठन गर्ने, लेख्ने र बोल्ने स्वतन्त्रलाई मात्र मौलिक अधिकार भनेर सीमित पारिदिएका छन् । तर कम्युनिष्टहरूको लोकतन्त्रको मान्यता भनेको जीवन पोषणका साधनहरू (गास, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा) सहितको ग्यारेन्टी हुने लोकतन्त्र हो ।” (जनताको बहुदलीय जनवादः २०८०ः  भूमिका, मधुवन प्रकाशन) मदन भण्डारीले मार्क्सवादको सिर्जनात्मक प्रयोग जवज प्रतिपादन गरे पछि मार्क्सवाद–लेनिनवाद छाड्यो भनेर विरोध भयो । तर भण्डारीले स्पष्ट पारेका छन् कि, यो मार्क्सवाद–लेनिनवाद विरोधी कार्यक्रम होइन ।

बहुदलीय जनवाद र नयाँ जनवादमा तात्विक भिन्नता छैन भन्ने शीर्षकमा “हामी एकाधिकार पुँजीवाद तथा साम्राज्यवादको घृणापूर्वक विरोध गर्छौं ।” त्यस्तै भनिएको छ सामान्तवाद र साम्राज्यवाद, पुँजीवादको संगतमा देशमा एउटा दलाल तथा नोकरशाही पुँजीपति वर्गको समेत उदय भएको छ ।” (ऐ. २०८१ः२५९/२६०/२६१) एक्काइसौ शताब्दीको जनवादले पनि यही कुरालाई प्रष्ट पार्दछ । अतः यसरी नेपालमा कम्युनिष्ट पार्टीहरूले समयको कालखण्डमा र नेपाली काङ्ग्रेस समेत समाजवादको बारेमा बहस गर्दै आफ्ना दस्तावेजहरू बनाएका छन् । ती मार्क्सवादका प्रयोग र प्रारूपहरू नै हुन्।

मार्क्सवादी दृष्टिकोणकै आधारहरू हुन । कतिपय सवल थोरै प्रयोग भए होलान्, धेरै प्रयोग भएका छैनन् होला यतातर्फ जाँदिन । तर यथार्थ कुरा मार्क्सवादको प्रयोग व्यवहारिक कार्यान्यवनमा भने विश्व पुँजीवाद प्रभावकै कारण कम्युनिष्ट नेता, कार्यकर्ताहरू बरालिएका छन् कि तिनीहरू मार्क्सवाद/सिद्धान्त पुराण पाठ मात्र हो भन्छन् ।

निष्कर्ष:

मार्क्सवाद वास्तवमा सामाजिक सिद्धान्तको हिसाबले उत्पादक शक्तिका रूपमा काम गरिरहेको श्रमजीवी जनताको मुक्तिको सिद्धान्त हो । तर मार्क्सवाद र समाजवादको नाममा हुने गल्ति कमीकमजोरीलाई कम्युनिष्ट पार्टीका नेताहरूले/कार्यकर्ताहरूले ढाकछोप र रक्षा गर्ने कामलाई मार्क्सवादी दृष्टिकोण प्रयोग भनिँदैन ।

यस अर्थमा विश्वका साम्राज्यवादी, पुँजीवादी भनिएका देशहरू समेत मार्क्सवादको घुमाइलो प्रयोग पुँजीवादकै विकसित रूप नवउदारवादमा पनि गर्दै गएका छन् भने हाम्रो देशमा कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरू चाहिँ मार्क्सवाद र सिद्धान्तले खाना लगाउन दिँदैन भन्दै कहिले पुँजीवादले सारेको वासिङ्टन सम्झौताको असफल हुँदै गएको संरचनागत संयोजन कार्यक्रमको आधार अनुसार विश्वग्राम बनाउने कुरा गर्दै हिँड्छन्, कहिले चुनावी प्रक्रियामा जाँदा संख्यात्मक कुरा मात्र गर्दै गुणात्मक फड्को मार्ने कुरा गर्दैनन् ।

यस अर्थमा मार्क्सवाद सिद्धान्तको हुर्मत कसैले नलिऔँ । आजको विश्व दुनियाँ नै माक्र्स, अल्वर्ट आइन्सटाइन र हेगेलको दर्शन सिद्धान्त विचारमा आधारित छ । नेपालमा यतिबेला कम्युनिष्ट पार्टीहरूले स्वीकार गरून, नगरून तर दलाल पुँजीवादले पुँजीवादको समेत विकास हुन दिएको छैन । अर्थतन्त्रको हिसाबले भन्ने हो भने दलाली अर्थतन्त्र रहेको छ । यसकारण नेपालमा कम्युनिष्ट पार्टीहरू शोखी, लालची, लोभी भएका कारण मार्क्सवादको व्यवहारिक कार्यान्यवन गर्न चुकेको हो ।

मार्क्सवादले धनी बन्नु हुँदैन भन्दैन, धनी वन, तर नाजायज, कालो धन आर्जन गरेर होइन भन्छ । मार्क्सवाद समग्रमा जनतालाई सर्वशक्तिमान र धनी बनाउने सिद्धान्त हो । देशलाई धनी र सम्पन्न बनाउने सिद्धान्त हो विश्वमा नेताहरूले भ्रष्टाचार ग¥यो भने दण्ड सजाय लाग्छ, कानुन लाग्छ । नैतिकताको आधारमा राजीनामा समेत गर्छन् । तर हाम्रो देशमा चाहिँ भ्रष्टचारी, दलाली, नोकरशाहीलाई प्रमाणित गर्दा पनि भ्रष्टाचारको मुद्दा लाग्दैन । जबकि कम्युनिष्ट पार्टी पनि यसैको संगतमा फसेका छन् ।