Dead-Bodyराजविराज / रोजगारका लागि १० महिनाअघि मलेसिया गएका सप्तरीबाटका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ ।  राजविराज नगरपालिका–६ खर्सालका दुबिलाल यादवका २८ वर्षीय छोरा जितेन्द्र यादवको मृत्यु भएको बताइएको छ । मलेसियाको हाइजोव एडिए कम्पनीमा कार्यरत् यादव सो कम्पनीमा काम गर्दागर्दै दुई तलामाथि छतबाट खसेको राजविराजस्थित सबल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले बताए । यादव गत असोजमा मलेसिया पुगेका थिए । यादव परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव नेपाल ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।