बागलुङ/ जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितका लागि यहाँका क्रियाशील पत्रकार राहत सङ्कलन अभियानमा जुटेका छन् ।
अभियानको पहिलो दिनमै बिहीवार एक लाखभन्दा बढी राहत सङ्कलन भएको छ । ७५ हजार नगद र ३० हजार बराबरको लत्ताकपडा सङ्कलन भएको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका सचिव दिल शिरीषले जानकारी दिए । महासङ्घ, ‘सन्तुलित’ साप्ताहिक, ‘परिसूचन’ साप्ताहिक र ‘कैफियत’ अनलाइनको समन्वयमा अभियान चलाइएको हो । बाढीपहिरोबाट प्रभावितका लागि थोरै भए पनि सहयोग पुगोस् भनेर अभियान सञ्चालन गरिएको सचिव शिरीषले बताए। राहत सङ्कलन अभियान यही साउन २२ गतेसम्म सञ्चालन गरिने परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक विजय रानाले बताए। सङ्कलित राहत जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रभावितसम्म पु¥याइने बताइएको छ । महासङ्घले प्रभावितका लागि सक्दो सहयोग गर्न विभिन्न सङ्घसंस्था, व्यापारिक प्रतिष्ठान, वित्तीय संस्था र व्यक्तिलाई आग्रह गरेको छ । त्यस्तै जिल्ला बाहिर र विदेशमा रहनुहुने व्यक्तिले परिसूचन साप्ताहिकको नेपाल बैंकमा रहेको खाता नं ०२२००१०११३८५८००००००१ मा रकम जम्मा गर्न सकिने व्यवस्था समेत गरिएको छ ।