धरान/युएई (दुबई) मा कार्यरत् धरानेहरुको साझा संस्था धरान दुबई हेल्पिङ ह्यान्ड्स (युएई) को तेस्रो साधारणसभा शुक्रबार सम्पन्न भएको छ । विगतजस्तै यसपटक पनि सभाले सर्वसम्मत रुपमा कार्यसमिति छानेको छ । संस्थाका अध्यक्षमा सोम तामाङ, प्रथम उपाध्यक्षमा ईश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा श्रीमती तीर्थ राई तामाङ, महासचिवमा अनुप तामाङ, सचिवमा सञ्जय राई, कोषाध्यक्षमा तेन्जिङ शेर्पा र सहकोषाध्यक्षमा शैलेस दाहाल छानिएका छन् । यस्तै सदस्यहरुमा विप्लव श्रेष्ठ, सुमित्रा लिम्बू, सुवास भण्डारी र देवन राई सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । dharan dubai त्यस्तै, अबुधाबी क्षेत्रीय संयोजकमा विक्रम लामा र आजमान क्षेत्रीय संयोजकमा ज्वाला श्रेष्ठ छन् । त्यस्तै सल्लाहकारहरुमा राजेन्द्र राई, प्रकाश पौडेल, विजय सुब्बा, सञ्जु लामा, रश्मी लामा र नेपाल सल्लाहकारमा रमेश राई चयन भएका छन् ।सभामा पूर्वकोषाध्यक्ष अनुप तामाङले आर्थिक प्रतिवेदन र अध्यक्ष तामाङले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा रही लामो समयदेखि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने गुणराज आचार्य, श्रीमती तीर्थ तामाङ राई, कोपिला खड्गी राई र ईश्वर श्रेष्ठलाई सो अवसरमा सम्मान गरिएको थियो । सोम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम तेन्जिङ शेर्पा र निर्वाचन संयोजक विजय सुब्बाले सञ्चालन गरेको नवनिर्वाचित प्रथम उपाध्यक्षमा श्रेष्ठले जनाए । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासङ्घका पासाङ रिन्जी शेर्पा तथा अतिथिहरु पथरी शनिश्चरे समाजका कृष्ण पौडेल, नेप्लिज सोसिएल क्लबका शालिक सुवेदी उपस्थित थिए ।