धरान / वैदेशिक रोजगारी तथा व्यापारको शिलशिलामा युएइमा रहेका खप्तडी बस्नेतहरुले तीज मनाएका छन् । युएइको सारजहा स्थित खप्तडी बस्नेत बन्धु उत्थान समिति युएइका संरक्षक मिलन बस्नेतको घरमा शुक्रबार विभिन्न कार्यक्रम गरी तीज मनाइएको हो । समितिको प्रथम वार्षिकोत्सव साथै नेपालीहरुको महान् चाड हरितालिका तिजको अवसरमा युइएमा रहेका खप्तडी बस्नेतहरु भेला भई सामुहिक रुपमा दर खाएका हुन् ।

tij

वार्षिकोत्सव कार्यक्रममा सचिव खेमराज बस्नेतले बार्षिक प्रगती प्रतिवेदन, कोषअध्यक्ष उत्तम बस्नेतले बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने सल्लाहकार बेञ्जु बस्नेत, कार्यक्रम संयोजक गोपाल बस्नेत, उपाध्यक्ष दिपक बस्नेतले तीजको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

tij'

जनसम्पर्क प्रमुख केदार बस्नेतले शुभकामना दिदै बन्धुुहरुको मनमा खड्किएको कुराहरुलाई संक्षिप्त रुपमा राखेका थिए भने संरक्षक मिलन बस्नेतले आफ्नो कम्पनीमा रोजगारीको लागि बस्नेत बन्धुलाई अवसर रहेको जानकारी दिएका थिए । समितिका अध्यक्ष भक्त बस्नेतले बंशावली बचाउन हरेक देश मा हाम्रो समाज निर्माण भै एकतामा बाधिएर गएकोका खुशि व्यक्त गरेका थिए । विदाको दिन पारेर जम्मा भएका बस्नेतहरुले आफ्नो मौलिक संस्कृति बिर्सिदै गइरहेको अवस्थामा आफ्नो संस्कृतिलाई जीवीत राख्नकै लागी भएपनि विदेशी भूमिमा कार्यक्रम आयोजना गरेको संरक्षक बस्नेत बताउछन् ।

दर खानका लागी भेला भएका बस्नेतहरुले आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भए पश्चात विभिन्न नेपाली गीतहरु आफैले गाउँदै नाचेका थिए । कार्यक्रममा समितिलाई सहयोग पु¥याउने चेली तथा बुहारीलाई सम्मान समेत गरिएको थियो ।