विश्वसाहित्य तथा दर्शनमर्मज्ञ, ओजस्वी स्रष्टा, आयामेली आन्दोलन तथा लिलालेखनका शिखरपुरुष, नेपाली साहित्यका विराट् प्रतिभा, उच्च समाजसेवी तथा विशिष्ट नागरिक डा. इन्द्रबहादुर राई लाई सम्मान गर्नेहरुको यस पालि ओइरो नै लाग्यो । सबैले उहाँको सम्मान गर्ने कोसिस गरे । मलाई उहाँसँग कुराकानी गर्ने । साक्षात्कार गर्ने मन धेरै पहिले देखिको हो । यसपालि सबैले इन्द्रसरलाई हेरी रहँदा उहाँको धर्मपत्नी मायादेवी राई प्रति कसैको ध्यान गएको थिएन । सबैले मायादेवीलाई इन्द्रसरको धर्मपत्नीको रुपमा मात्र हेरे । मलाई भने डा. इन्द्रबहादुर राईको दैनिक जीवनको बारेमा केही जान्ने जिज्ञासा आयो । एक सफल पुरुषको पछाडि धर्मपत्नीको कतिसम्म हात हुन्छ यसको अनुमान गर्न हामीलाई मुस्किल पर्छ । हङकङ आउँदा ८४ वर्षीया डा.इन्द्रवादुरले आफ्ने ८० वर्षीया श्रीमती मायादेवीलाई पनि साथै लिएर आउनु भयो । यहाँ मात्र होइन जहाँ गए पनि साथैमा पत्नी लिएर हिड्नु हुने, उहाँले आफ्नो धर्मपत्नीलाई धुमधामले माया गर्नु हुँदो रहेछ । उहाँहरुको प्रेम देखेर गुरुआमालाई पनि धेरै प्रश्न सोध्न मनलागेको थियो । मैले अवसर खोज्दै उहाँलाई केही सामान्य प्रश्नहरु सोधेको थिए । १९५० सालमा प्रेम विवाह गर्नु भएका इन्द्रवहादुर सरले श्रीमतीसँगै ६१ वर्षको लामो दाम्पत्य जीवन विताउनु भएको रहेछ ।
-गुरुआमा हङकङ कस्तो लाग्यो ? -हङकङ रमाइलो लाग्यो । उहाँले पनि मन पराउनु भयो । हङकङका नेपाली सही बाटोमा हिडेका रहेछन् भन्ने लाग्यो । भन्नु हुँदैछ । इन्द्र सर, कहिले काँही लेख्न छाड्छु त भन्नु हुन्न ? - कहिले काँही त भन्नु हुन्छ नी, आँखाले देख्नु हुन्न, हातले हुँदैन त्यो बेला छाड्छु भन्नु हुन्छ मुखले, तर कहाँ सक्ने ? दार्जिलिङमा त यस्तो साहित्यिक कार्यक्रममा, बैठकमा कही जानु हुन्न । किन जानु हुन्न ? -एकजनाको मिटिङमा गयो भने, एउटा कार्यक्रममा गयो भने अर्कोकोमा पनि जान पर्छ । जान सक्नु हुन्न । एउटाले बोलायो भने अर्कोले पनि बोलाउँछ । गएन भने चित्त दुखाउँछन् भनेर कसैकोमा जानु हुन्न । उसकोमा गयो मेरो आएन भनेर साहित्यकारहरु पनि रिसाउँछन त्यही भएर जानु हुन्न । दार्जिलिङसँग रिसाउनु भएको त होइन ? -कहाँ रिसाउनु नी, अब विमोचनमा जाँदा गहिरो अध्ययन गर्नु पर्छ । लार्पवाही गरेर केही गर्न रुचाउनु हुन्न । गरे पछि एकोहोरो गहिरिएर गर्नु हुन्छ । समय पनि त पाउनु पर्यो नी यी सब गर्न । गुरुआमा तपाई कति वर्ष पुग्नु भयो ? -म त, ८० वर्ष लागे ।
गुरु चाँहि कति वर्ष पुग्नु भयो । -उहाँ ८४ वर्ष पुग्नु भयो । त्यही त घरकाहरुले यति बूढाबूढी भइसक्यौ हङकङ जान सक्छौ के भनेर भन्दै थिए । नातिनातीनाहरुले किन जाने भन्दै थिए ।
गुरु गुरुआमा तपाईहरु त तगडा हुनुहुँदो रहेछ नी ? - हजुर बलियो छौं गुरुआमा अब हामी त त्यति बाँच्दैनौ होला ? -हाँस्दै... त्यही त हामी पनि साह्रै धेरै बाच्यौं भन्छु । बेसी बाचेका छौं । गुरुआमा होइन हाम्रोलागि अरु बाँच्नु परेको छ, तपाईहरूले ? -(गुरुआमा हाँसो) गुरुआमाले बिहे कहिले गर्नु भएको हो ? -१९५० सालमा विहे गरेको हो । यत्रो ६१ वर्षगुरुसँगै हुनुहुँदो रहेछ जहिल्यै साहित्यको कुरा सुन्दा सुन्दा तपाईलाई दिक्क लागेन ? -मुस्कुराउँदै, अब कति कुरा त मसँग पनि सोध्नु हुन्छ । सल्लाह माग्नु हुन्छ अब बताईदिन्छु पनि । अनि काठमाण्डौतिर जाँदा पनि सँगै जानुहुन्छ ? - अब जही जाँदा पनि हामीसँगै जान्छौं । सबैले थाहा पाएका छन् । नरेन्द्रराजले पनि उहाँ जाँदा मलाई भन्नु हुन्छ । भाउजू सानोसानोमा त म बोलाउँदिन ठूलोमा त आउँनै पर्छ भनेर भन्नु हुन्छ । नरेन्द्रराज प्रसाईले । अनि मागी विवाह गर्नु भएको हो की ? -होइन –मुस्कुराउँदै गुरुआमा तपाईहरुको प्रेमसम्वन्ध इन्द्रसरसँग भएको पनि यति लामो भएछ । कस्तो लाग्छ नी तपाईलाई ? - खै, बित्यो है, छिटो वितेको जस्तो लाग्छ । बित्यो के गर्ने । होइन गुरुआमा उता दार्जिलिङ तिरकाले इन्द्रसरलाई वेवास्ता गरेजस्तो लाग्दैन ? -खैँ, उनीहरुको आफ्नै छ । त्यही हो जुन ठाउँमा बसिन्छ त्यसको मूल्य थाहाँ हुँदैन । भारतका अन्य ठाउँका नेपालीहरु आएर सरलाई नेपाली भाषाकोलागि सरसल्लाह माग्न आउँछन् कि आउँदैनन् ? -आउँछन् अनि गुरुआमा हामीलाई हङकङमा देख्दा कस्तो लागिरहेको छ ? - हामीलाई खुशी लागेको छ । के सोँचेको त्यो भन्दा अर्कै लाग्यो । यहाँका नेपालीहरुले गरेको उन्नति हेर्दा हामीलाई खुशी लाग्यो । साह्रै राम्रो लाग्यो । हाम्रो दार्जिलिङले गर्न नसकेको काम तपाईहरुले गर्नु भएको रहेछ । सरले भन्दै हुनुहुन्छ म सानो केही लेख्छु । गुरुआमा हङकङ आउँदा छोराछोरीले फोन गरे त ? उहाँले (देश सुब्बालाई देखाउँदै) दिल्लीमा गरिदिनु भयो । दिल्लीमा छन् मेरो नातिनातिनाहरु । अनि गुरु र गुरुआमा प्राय तपाईहरु कहाँ बस्नु हुन्छ ? हामी छ महिना दार्जिलिङमा बस्छौं, छ महिना सिलगुढीमा बस्छौं । सिलगुढीमा बस्दा चाँहि उता झापा नेपालकाहरु साहित्यकारहरुसँग बढी भेटघाट हुन्छ । सजिलो हुन्छ । कहिले काँही काइला (बैरागी काइला) पनि आइ पुग्नु हुन्छ । कोही बेला धाराबासीहरु पनि आइपुग्नु हुन्छ । गुरुलाई लेख्ने समय कति बेला छुट्याउनु हुन्छ ? - बिहान उठ्यो खाइपिई गरेपछि दिनमा लेख्नु हुन्छ । खानापिन कसले दिन्छ ? -म दिन्छु । साह्रै माया गर्नु हुँदो रहेछ ? हाँस्तै, अब बानी बसिसक्यो । गुरुआमा केही दुःख छ ? -केही दुःख छैन । छोराछोरी हुर्के बढे नातिनातिना हुर्के बढे । सबै जना राम्रा भए । हामीलाई केही दुःख छैन । सबैको राम्रो पोजिशन छ । दार्जिलिङमा नेपालीलाई केही दुःख छ की ? -दार्जिलिङमा सबै नेपाली छन् । केही दुःख छ जस्तो लाग्दैन । बोल्ने भाषा पनि बंगाली, बिहारी सबैले नेपाली भाषा बोल्छन् । गुरुआमा हाम्रो इन्द्र सरलाई गोर्खाल्याण्ड देख्छु जस्तो लागेको छ की छैन ? खै त, कोही बेला त देख्छु जस्तो लाग्छ । तर पार्टीहरुको कुरा मिल्दैन । एक हुन सक्दैनन् । अनि सरले सम्झाउनु हुन्न ? -पार्टीका मान्छेहरु आउँछन् । सम्झाउनु त हुन्छ नी तर उनीहरु एक हुनै सक्तैनन् । पवन चाम्लिङ पनि आउनु हुन्छ की गुरुलाई भेट्न ? पवन चाम्लिङ त मूख्य मन्त्री हो । बेला बेलामा बोलाउनु हुन्छ ।