इटहरी/ रोजगारीका लागि विदेश गएका धनकुटा चानुवा ३ का टेक बहादुर खड्का विचल्लिमा परेका छन् । दुुइ महिना अघि स्थानिय एजेन्टबाट मलेशिया भएका खड्काले कुनै काम नपाए पछि अहिले साथिहरुसँग गुहार मागेर दैनिकि चलाएका छन् ।खड्का काडमाण्डौको कोटेश्वर स्थित वर्लवाइड मेनपारबाट मलेसियाको पेनाङ भन्ने ठाउँमा म्याक्सबल कम्पनीमा क्लिनरका लागि मोटो रकम तिरेर गएका थिए । उनले मेनपावरबाट ९ सय वेसिक र थप ओभर टाइम हुने गरि मासिक १४ सय मलेसियन पैसामा काम गर्ने एग्रिमेण्ट गरेर त्यहाँ पुुगेको टेलिफोनमा बताए ।
तर त्यहा पुुगे पछि उनलाई भनिए अनुसार उनलाई लिन न कुनै कम्पनीका प्रतिनिधि आए । न त उनले कुनै काम गर्न जाने ठाउँ नै पत्तो लगाए । केहि दिन एरपोर्टमै अलपत्र परे पछि केहि नेपाली कामदारले उनको उद्धार गरेका थिए । उनले मलेसियामा रहेको नेपाली दुतावासमा पटक पटक पुुग्दा पनि कुनै सहयोग नगरेको गुनासो गरे । त्यस्तै काठमाण्डौमा रहेका टेक बहादुरका भाई इश्वरले पनि वदेशिक रोजगारी विभागमा पटक पटक उजुरी गर्दा समेत कर्मचारीले वेवास्ता गरेर फर्काइ दिने गरेको दुखेसा पोखे । विभागका कर्मचारीको भनाई उदृत गर्दै इश्वरले भने –‘यस्ता मुद्धा विभागमा दश हजार बढि छन् ।
तपाई उतैको दुतावासमा सम्पर्क गर्न भन्नुस् ।’ खड्कालाई धनकुटा अर्खौलेका घर भई काठमाण्डौको कोटेश्वरमा वल्डवाइड मेनपावर सँचालन गर्ने जंगमणि अधिकारी र धनकुटा मारेककटहरे घर भई काडमाण्डौ स्थित सोहि मेनपवारमा काम गर्ने वावुराम लिम्बुले विदेश पठाएका थिए । तर विदेश पुुगेर आफु विचल्लि भएका कुरा मेनपावरलाई जानकारी गराई सक्दा समेत कुनै वास्ता नगरेको मलेसिमा रहेका खड्काले टेलिफोनै जानकारी गराए ।
यता उक्त मेनपावरका प्रमुख राजकुमार घिमिरेले लिम्बु र अधिकारी आप्mना कर्मचारी भएका कारण मलेसिया पुुगेका खड्कालाई तुरुन्त नेपाल फर्काउने जिम्मा आप्mनो भएको भन्दै सो कार्य चाँडै गर्ने बताए ।