यति बेला नेपालीहरुको घरआँगनमा बडादशैँ भित्रिएको छ । रोजगारीको सिलसिलामा विदेशिएका तथा आप्mनो थातथलो छाडेर शहर पसेकाहरु गाउँ फर्कने क्रम शुरु भइसकेको छ । परम्परागत मान्यतालाई जीवन्त राख्न दशैँ मान्ने नेपालीहरुको उत्साह हराएको छैन । दशैँ, तिहार नेपाली जगत्का परम्परागत सांस्कृतिक उमङ्गका चाड हुन् । सबै नेपालीहरु स्वदेश–विदेशमा भेला भएर एकआपसमा रमाइलो गरेर यो चाड मनाउने गर्छन् ।
यो पर्व परम्परागत संस्कृतिको निरन्तरता मात्र भएको छैन, पेशा, बाध्यता र रोजगारीका खातिर टाढिएका आफन्त र इष्टमित्रसँगको भेटघाट र भलाकुसारीको माध्यम पनि दशैँ, तिहारजस्ता चाडहरु हुने गरेका छन् ।अनादिकालदेखि नै शक्तिको प्रतीकको रुपमा नेपालीहरुले दशैँलाई साझा चाडको रुपमा मनाइरहेका छन् । दशैँ नेपालीहरुका लागि सांस्कृतिक एकताको परिचायक बनेको छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको विजया दशमीको दिनदेखि शुभ दिनको रुपमा मानिँदै आएको हो ।
सांस्कृतिक र धार्मिक महत्वका कारण पनि दशैँ नेपालीजनले मनाउने गर्छन् । दशैँका विषयमा आदिवासी जनजातिहरुले फरक मत पनि राख्ने गरेका छन् यद्यपि दशैँ सबै जाति, धर्म, वर्ग र समुदायका नेपालीहरुले भेटघाट र खबर आदानप्रदानको माध्यमको रुपमा यो पर्व मनाउनुपर्छ । परम्परागत कुप्रथालाई हटाउँदै दशैँलाई मौलिक बनाउनुपर्छ ।
यसलाई खास कुनै वर्ग या समुदायको चाडको रुपमा नहेरी सबै समुदायको साझा चाडको रुपमा विकसित गर्नु वाञ्छनीय हुने छ । दशैँको बहानामा हुने विकृति हटाउनुपर्छ । अरुको देखासिकी गर्ने र फजुल खर्च गर्ने प्रवृत्ति अभैm पनि ग्रामीण भेगमा कायमै छ । यस्ता कुरीतिलाई भने हटाउँदै आप्mनो गच्छेअनुसार जे छ, त्यही सामग्रीले दशैँलाई स्वागत तथा बिदाइ गर्नु हितकर हुने छ । दशैँ कसैका लागि दशा हुनु हँुदैन । उत्सवका रुपमा सबैले मनाउनुपर्छ । दशैँ सबैको शुभ होस्, हाम्रो शुभकामना ।