15046424_1451977191498660_177349504_nम वैदेशिक रोजगारको शिलशिलामा विगत २ वर्षदेखि युएइमा थिए । छुट्टीमा नेपाल फर्कदा पूर्वमा रहेका मेरा साथी भाइलाई भेट्न आउने बचन मैले पहिले नै दिएको थिए । म जतिबेला वैदेशिक रोजगारको शिलशिलामा युएइ पुगे त्यसपछि फेसबुक मार्फत् हामी खप्तडी बस्नेतहरु संगठित हुने अभियानले तिब्रता पायो । फलस्वरुप हामीले युएइमा पनि खप्तडी बस्नेतको एउता संगठन बनायौ । संगठनमा रोजगारीको सिलसिलामा युएइ बस्ने साथै व्यापारको सिलसिलामा यहाँ बस्नेहरु आबद्ध भइयो ।

15086330_1451977208165325_1435864186_n

यो सम्भव भएको थियो फेसबुक चलाउने सचेत खबतरी बस्नेत युवाहरुको कारण ।समिति गठन भएपछि फेसबुक अभियानमा झनै जोडतोडले लागियो । प्रवासी जीवन निश्चित समय डिउटी गर्ने र बाकी फुर्सदको समयमा सधै खप्तडी बस्नेतको समितिका योजना बनाउनेदेखि लिएर विश्वभर छरिएर रहेका खप्तडी बस्नेतहरुसँग भला कुसारी गरेर दिनचर्या बित्न थाल्यो । फेसबुककै माध्यमबाट कुरा गर्दा गर्दा मोरङ केराबारी निवासी काजी समनसिंह बस्नेतसँग एकदमै नजिकको सम्बन्ध स्थापित भइसकेको थियो । उहाँ खप्तडी बस्नेतको एकता अभियानमा जोडतोडका साथ लागि पर्नुभएको र म पनि यससँग एकदमै रुचि राख्ने भएकोले हाम्रो सामिप्यता निकै प्रगाढ थियो । उहाँ लगायत पूर्वमा रहेका थुप्रै खप्तडी बस्नेत युवाहरुसँग मेरो फेसबुकमा कुरा हुने गर्दथ्यो । म छुट्टिमा नेपाल आउदा समनसिंह काजी लगायतलाई जसरी पनि भेट्ने र पूर्वी नेपाल घुम्नको लागी आउने बाचा नै गरेको थिए ।दशै अघि छुट्टिमा नेपाल आए । मेरो पुख्र्यौली घर सोलुखुम्बु भएता पनि पूर्वी नेपालको तराई क्षेत्र पहिलो पटक घुम्नको लागी जाने योजना थियो ।

फेरी अहिले मेरो परिवार विगत केही वर्षदेखि काठमाडौं बालाजुमा बस्दै आएका छौं । मेरो पूर्व घुम्ने धोको र समन काजीसँग भेटेर खप्तडी बस्नेत एकता अभियान सम्बन्धी थुप्रै गफ गर्ने धोको पुरा गर्नु थियो । म दशै र तिहारको विचमा पूर्व घुम्न निस्कने योजना बनाएको भएता पनि विविध कारणले त्यो पुरा हुन सकेन फेरी तिहार पछि लगत्तै युएइ फर्कनुपर्ने भएकोले गर्दा म तिहारको टिकाको भोलीपल्ट नै पूर्वी भ्रमणमा निस्किए । तिहारको टीका आदरणीय दिदी पबित्रा र प्यारी बहिनी सिमाबाट लगाएर भोलिपल्ट बिहानै मेरो बुबा र भाइ सहित लागियो पुर्व मोरङ केराबारी समन काजीको घर । मैले फेसबुकको वालमा म पुर्व जादै गरेको खबर पोष्ट गरी जब म गाडीमा बसँे त्याहा यत्ती फोन आयो कि मैले विश्वास नै गर्न सकिन । पूर्व जाँदै गर्दा यती गर्व महसुस भयो कि फेसबुक मार्फत् नजिक भएका मेरो बस्नेत बन्धुहरुको फोनकलले सबैले भेट्ने इच्छा व्यक्त गरे । बेलुका समन काजीको घरमा बुबाआमासँग भेटेर गफ गर्दा र उहाँहरुको स्वागत सत्कार ओहो ! साह्रै अविष्मरीय ! मीठो खाना पश्चात् हामी केराबारीमा देउँसी भैलो हेर्न निस्कियौ त्यहा त तिहार सकिएपछि पनि धेरै दिनसम्म देउसी भैलो खेल्ने चलन रहेछ त्यो हेरेर रमाइलो लाग्यो । रात जत्ती छिप्पिदै जान्छ उत्ति रमाइलो । दिनभर गाडीमा हिड्दाको थकानले गर्दा होला थकान महसुस भएपछि हामी घर फर्किएर सुत्यौ ।

बिहान उठेसँगै नित्य कर्म सकेर समन काजीलाई लिएर पूर्व भ्रमणमा निस्कियौ । समन काजीको घरबाट छुट्नेबेलामा निकै नरमाइलो लाग्यो आफ्नै घरबाट छुटेर कही टाढा गएजस्तो । समन काजीले केराबारीमा रहेको खप्तडी बस्नेतको कुल पुजा देवाली गर्ने मन्दिर मुल घर पु¥याउनुभयो । अन्य बन्धुहरुसँग पनि भेटघाट भयो । त्यसपछि हामी सलकपुर जहाँ दुबईमा बस्नु हुने खप्तडी बस्नेत बन्धु उत्थान समाज युएईका संस्थापक मिलन बस्नेतको ससुराली तथा भाउजू बेन्जु बस्नेतको माइतीघर पुग्यौ । त्यहा पुग्दा लाग्यो हामीले त्याहा नगएको भए त्यो पूर्वी यात्रा नै अधुरै हुन्थ्यो । आमासँग भेट भयो बुबा फर्साइलो आमा ममताकी खानी हुनुहुदो रहेछ । हामीले खाना खायौ, छोटो तर जीवनभर सम्झिरहने सम्झना बोकेर हामी बुबालाई पनि लिएर बिर्तामोड गयौ । पुर्व तराईमा अहिले सिटि सफारी खुब चलेको रहेछ त्यसमा बसेर बिनोद काजीको घरतिर जाँदै गर्दा मोटरसाइकल लिएर आउनु भएको रहेछ, बाटो मै भेट भयो । बिनोद काजी कुलको धामी र उहाँसँग अद्भुत शक्ति छ भन्ने मैले युएइमा हुदै सुनेको थिए । साच्चै उहाको घरमा पुग्दा कुनै मन्दिरमा पुगे जस्तो लागिरहेको थियो शान्त भवन, अगाडि फुलबारीको मनमोहक दृश्य देख्दा लाग्यो करोडौं कमाउनेले यस्तो आनन्द कहाँबाट पाउनु ? जस्लाई भगवानले रुचाउँछन् उसले खर्बाैले किनेर नपाउने आनन्द लिरहेका रहेछ्न । यस्तै सोच्दै गर्दा बिनोद काजिले भित्र बस्नको लागि आग्रह गर्नु हुदा झसङ्ग भए र भित्र पसे जहाँ आनन्द आउने बैठक कोठामा बसियो । उहाँले जत्ती पनि कुरा गर्नु भयो हाम्रो पुर्खाहरुको, लाग्थ्यो उहाँ त्याहा सबै देखेर आउनु भएको हो । किनभने यत्तिसम्म भन्नू हुन्थ्यो कि के, कहाँ, कसरी हामी बस्नेत यो अवस्थासम्म आइपुगियो सबै भन्नुभयो । सत्य र यथार्थ आफ्नै ठाउँमा होला तर उहाँले भन्नुभएको कुरा म सुनिरहेका मात्रै थिइन साँच्ची नै देखिरहेको आभास भैरहेको थियो । उहाँको जिन्दगीसँग जोडिएका अपत्यारिलो तर सत्य कुरा सुनाउदा साच्चै भगवान रहेछन भनेर विश्वास गर्न बाध्यसम्म भए ।

उहाँको घरमा कुल देवता राख्नु भएको रहेछ जसलाई मुलघर भनिन्छ त्याहा गयौ त्याहाको बारेमा म शब्दले बयान गर्न सक्दिन । समयले नेटो काटेकाले खाजा खाएर हामी उहाँहरुको सम्पुर्ण परिवारलाई धन्यवाद दिँदै बिदा भयौ बिनोद काजी सिटि सफारी चढ्ने ठाउँसम्म आउनु भयो हामी मनमा खल्लोपन लिदै फेरी आउदा उहाँसँग धेरै समय बिताउने अभिलाषा लिएर हिड्यौ । विर्तामोडबाट धरानको गाडी चढेर लागियो पानबारीतिर । त्याहा केदार बन्धु कुरेर बस्नु भएको रहेछ । सेउतीपुल भन्ने ठाउँबाट हामलाई केदार बन्धु मोटरसाइकलमा लिन आउनुभएको थियो । हामी केहीबेरको मोटरसाइकल यात्रा पश्चात उहाको निवास पुग्यौ । हामी पानवारी पुगेपछि खाना खायौ र केहीबेरको गफगाफ पछि सुतियो । बिहान ७ बजे धरानको प्रख्यात ठाउँ बुढासुब्बा घुम्न निकियौ । त्याहाको बारेमा समन काजी र केदार बन्धुले जानकारी गराउनु भयो हामी फोटो खिच्दै त्यहा प्रेम प्रेमिकाले बाधेका डोरा र बाँसमा लेखिएको नाम हेर्दै दन्तकाली मन्दिरतिर लागियो त्यहा पनि दर्शन गरियो । त्यहाबाट पिण्ठेश्वरी हुदै हामी धरान बजार झ¥यौ । हामी धरान बजारको मुटुमा रहेको घण्टाघर माथी चढेर धरानको दृष्यावलोकन ग¥यौ । घन्टाघरबाट झरेर हामी खाजा खान लागियो किन भने खाना खानको लागि बिराटनगर जाँदै थियौ त्यसैले बिहानको नास्ता गरियो धरानको माडवारी बास्समा । त्यसपछि हामी विराटनगरको बस चढेर विराटनगर लागियो ।

बिराटनगरमा दुबईमा सँगै बस्दै आएका दाइ लोकेन्द्रकोमा पुग्नुपर्ने थियो । हामी बसबाट ओर्लेर हाम्रो चोक भन्ने ठाउमा सिटी सफारीको यात्रा गरी पुग्यौ । त्यहा खाना खाइयो । हामी बिराटनगर घुम्नको लागी निस्कियौ तर धुलो र धुवाँले गर्दा खासै घुम्न सकिएन र बेलुका ४ बजेको रात्री बसमा काठमाडौं फर्कनुपर्ने भएकोले हामी घरमा पुगेर लोकेन्द्र दाइकी छोरीले बनाएको मीठो चिया खाएर भाउजूसँग बिदा भएर लागियो बसपार्कतिर । बसपार्कसम्म लोकेन्द्र दाइले छोड्नु भयो तेस्तै इटहरीमा समन काजीले नरमाइलो मान्दै बिदाईको हात हल्लाउँदै गर्दा गह भरी आँसु भैसकेका रहेछन्, लाग्यो हामी बस्नेत हौ भने पछि त्याहा दिएको माया, ममता, मान–सम्मान, ईज्जतले दर्शायो कि हामी सबै बस्नेतहरु यस्तै गरि जहाँ गए नि खुसी हुन्छौ । एकता सम्पर्क सधै भैरहोस भन्ने हामिलाई लाग्यो । हामीलाई सम्पर्क गरेर तथा स्वागत गरेर होस वा आफ्नो काम छाडेर हामीसँगै हिड्ने समन काजी हुन् उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ । सधै यस्तै माया ममता रहिरहोस् । हामी सबैलाई मस्टोले सधै रक्षा गरून् ।