विजयपुर/धरान दुबई हेल्पिङ ह्यान्डले धराने गायक गङ्गा वरदानलाई शुक्रबार सम्मान गरेको छ भने धरान–४ स्थित छाताचोकमा रहेको अपाङ्ग पुनःस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । गायक वरदानलाई २३ हजार नगदसहित ह्यान्डले सम्मान गरेको हो । वरदानलाई कोरियामा रहेका धरानका सुरेश राईले पनि सम्मानस्वरुप ५ हजार रुपैयाँ सहयोग गरेका थिए । अपाङ्ग पुनःस्थापना केन्द्रलाई २१ हजार सोही कार्यक्रममा सहयोग गरिएको थियो ।
धरान–६ स्थित धरान रनको कार्यालयमा आयोजित कार्यक्रममा सेवक अभियानका अभियन्ता राजीव हलवाई, झीगु समाजका अध्यक्ष नरेशकुमार शाक्य, सम्यक शिक्षा समूहका परियोजना निर्देशक सन्दीप शाक्य, हेल्पिङ ह्यान्डका सल्लाहकार राजेन्द्र राई, निश्चल पलिखे, रमेश राई, किरण भुजेललगायतले गायक वरदान र केन्द्रका सञ्चालक भीम राईलाई संयुक्त रुपमा सम्मान र सहयोग गरेका थिए । हेल्पिङ ह्यान्डले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएको छ । ह्यान्डले आगामी दिनमा पनि आप्mनो सहयोगलाई निरन्तरता दिने प्रथम उपाध्यक्ष ईश्वर श्रेष्ठले बताए ।
विदेशमा रहेर पनि आप्mनो ठाउँमा सहयोग गर्न पाउँदा आपूmहरुलाई पनि हौसला मिल्ने उनले बताए । अध्यक्ष सोम तामाङले समाजका हरेक क्षेत्रमा सबैले योगदान पु¥याउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै विदेशमा कमाएको रकमबाट केही छुट्याएर सहयोग गर्ने गरिएको बताए ।