sss

चतरा/सुनसरी सृजनशील परिवार नेपालको प्रथम साधारणसभा सम्पन्न भएको छ । संस्थाका सल्लाहकार संयोजक धर्मराज निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।साधारणसभाले पुष्पराज कार्कीलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको छ । यस्तै उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा कैलाश कार्की, कोषाध्यक्षमा उमेश पोखरेल छन् । सदस्यहरूमा महेश श्रेष्ठ, बिनाकुमारी मेहता, सूर्य तुम्बाहाम्फे, आशा कटुवाल, रामविलास मेहता, कुमारी खत्री, कमला काफ्ले, खेम तामाङ, फारूख खान, कमला पोखरेल, खगेन्द्र गड्तौला सहितको १३ सदस्य छन् ।कार्यक्रममा विशिष्ट अतिथि सृजनशील परिवार कतारका प्रथम उपाध्यक्ष विनोद कटुवाल थिए ।