युएई/कुरा दश वर्ष पहिलेको हो । बद्रिमायाको परिवार उनका श्रीमान्को कमाइले जेनतेन चलिरहेकै थियो । अचानक परिवार पाल्ने श्रीमान् बिरामी भए । घरको मूलीनै बिरामी भएपछि परिवारमा बज्रपात प¥यो । परिवार पाल्ने जिम्मेवारी घरको छोरो मनकुमार विश्वकर्माको काँधमा आइप¥यो ।गाउँमा बसेर परिवार पाल्न मनकुमारलाई सजिलो थिएन ।
रोजगार नपाएपछि उनी कमाएर आमाबुवा पाल्ने र परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर उमेर नपुग्दै उमेर बढाएर वैदेशिक रोजगारीका लागि युएई आए ।घरमा कसैको आयस्रोत नभएपछि उमेर बढाएर पासपोर्ट बनाउने र विदेशिने बाहेक अर्को उपाय मनकुमारले देखेनन् । त्यही बाध्यताले उनलाई १० वर्ष पहिले युएई ल्याएको हो । मोरङ घर भएका मनकुमार दुबईमा रहेको फ्युजन इन्टेरियर डिजाइन एलएलसी नामक कम्पनीमा दश वर्षदेखि काम गर्दैआएका थिए ।एक दिन मनकुमारकी आमा बद्रीमायालाई फोन आयो, ‘तपाईंको छोरो मनकुमार कम्पनीमा काम गर्नेक्रममा तीन मिटर माथिबाट खसेर लड्यो, हामी उपचार गराइहेका छौं ।’ यो खबरले बद्रीमायाका नौनारी गले । संसार पूरै भासिएजस्तो लाग्यो ।
पत्याउनै गाह्रो भयो बद्रीमायालाई । तर यथार्थ त्यही थियो । जुन फोनमा भनिएको थियो ।मनकुमार दुबई मल क्षेत्रमा काम गर्ने क्रममा २८ अगष्ट २०१४ मा दुर्घटनामा परे । कम्पनीको कार्यस्थलमै झण्डै तीन मिटर माथिबाट उत्तानो खसेका मनकुमारको भुँइमा बझारिएर टाउकोमा गम्भीर चोट लाग्यो । अहिले उनी अरुको सहयोगबिना उठबस, हिँडडुल गर्न पनि नसक्ने अवस्थामा छन् । काठको मुडोभैmं पल्टिरहन्छन् । उनले बोलेको आवाज पनि प्रष्ट बुझ्नेगरी आउँदैन ।
तर अरुले बोलेको जेनतेन सुनेर सङ्केतमार्पmत् जवाफ भने दिन्छन् ।दुई महिनासम्म अस्पतालमा राखेर उपचार गर्दा निको नभएपछि कम्पनीले थप उपचार कोठामै राखेर गरायो । अस्पतालले झण्डै एक वर्षसम्म बिरामी कुर्नका लागि आफ्ना कर्मचारीलाई पालैसँग पठाएको दुबईमै कार्यरत मनकुमारका भाइ बाबु विश्वकर्माले बताए ।सङ्घसंस्था र अस्पतालको सहयोग, दूतावासले हेरेन झण्डै एक वर्ष कोमामा रहेका मनकुमारलाई अस्पतालले डिस्चार्ज गरेपछि कोठामा राखेर उपचार गरिँदै आएको थियो । मनकुमारको उपचारमा पथरी शनिश्चरे समाज युएईका दीपक अधिकारीले शुरुवातदेखिनै सघाउँदै आएका छन् । टाउकोको बाहिर खासै केही चोट नदेखिएकाले शुरुमा उपचारका लागि खासै वास्ता नगरिएको तर भित्री रुपमा चोट लागेकाले पछि उपचारमा थप जटिलता भएको हो ।आमाबाबुको सुखका लागि युएई आएका मनकुमारको सपनाले एक सय ८० डिग्रीको उल्टो फन्को मा¥यो । परिवार पाल्ने उनको सपना उल्टै परिवारले उनलाई पाल्नुपर्ने भयो ।
फोन आएको खबरले भक्कानिएकी मनकुमारकी आमा बद्रीमाया छोराको चिन्ताले सुक्दै जान थालेकी थिइन् । छोराको चिन्ताले सताएपछि आमा बद्रीमाया छोरी जानकीलाई लिएर दुबई आइन् । मनकुमारकी दिदी जानकी र आमा बद्रीमाया झण्डै दुई वर्षदेखि दुबईमै बसेर मनकुमारकै रेखदेख गरिरहेका थिए । झण्डै दुई वर्षअघि छोरालाई भेट्न आउँदा बद्रीमायालाई सम्हालिनै गाह्रो भयो । तर छोराको अवस्थामा सुधार हुँदै गएपछि बद्रीमायालाई राहत मिल्दै गयो । मनकुमारको अवस्थामा अझ सुधार होस् भन्दै उनीहरुले भगवान पुकार्नु बाहेक के नै उपाय थियो र †तीन–तीन महिनाको भिजिट भिसा थप्दै छोराको स्वास्थ्यमा सुधार आउने आशामा दिन कुरेर रेखदेख गर्दै आएकी बद्रिमाया थप सुधार हुने नदेखेपछि आवाजविहीन छोरालाई लिएर केही दिनअघि नेपाल फर्किएकी छन् । छोरो लिएर नेपाल फर्किएपनि बद्रीमायाका आँखाबाट आँशु भने रोकिएका छैनन् ।पूरै परिवार पाल्ने छोरो र श्रीमान दुबैजना ओछ्यानमा थला परेपछि बद्रीमायाका आँखा ओभाउने कुरै भएन ।
उनलाई अब कसरी छोरो र श्रीमान पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ । आँखाभरी आँशु पार्दै बद्रीमाया आफ्नो दुखेसो पोख्दै भन्छिन्, ‘यस्तो बज्रपात त शत्रुलाई पनि नपरोस् ।’यसबीचमा पथरी शनिश्चरे समाजका अध्यक्ष कृष्ण पौडेल, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, लगायतले आर्थिक सहयोग गर्नुका साथै कानुनी प्रक्रियामा पनि सघाएको मनकुमारका भाइ बाबु विश्वकर्माले बताए । उनीहरुले मनकुमारका आमाबाबु तथा दिदीलाई नेपालबाट ल्याउने, कोठा खोजेर राख्नेदेखि तीन–तीन महिनामा भिसा नवप्ीकरण गर्ने काममा पनि सहयोग गरेका थिए ।मनकुमारको परिवारमा अहिले आर्थिक स्रोत जुटाउने भाइ पनि गएको दुई महिनादेखि युएईमा बेरोजगार बनेका छन । उनले काम गर्दै आएको कम्पनीको भिसा सकिएको छ । त्यो कम्पनीमा भिसा नवीकरण नहुने भएपछि उनी नयाँ कामको खोजीमा छन् ।
अल नाहादामा रहेको एनएमसी अस्पतालमा उपचार गराइरहेका मनकुमारलाई अस्पतालले भने सहयोगी व्यवहार देखाएको आमा बद्रीमायाले बताइन् ।झण्डै दुई वर्ष उपचारका क्रममा नेपाली दूतावास आबुधाबीबाट अपेक्षाकृत सहयोग नपाएको परिवारको गुनासो छ । दुर्घटनापछि उपचार तथा क्षतिपूर्तिका लागि पहल गर्न दूतावास धाएपनि त्यहाँबाट खासै सहयोग नभएको र कानुनी लडाइँका लागि दूतावासमा वकिलको व्यवस्था नभएकोले झन् समस्या हुने गरेको उनीहरुको भनाइ छ ।उपचारका लागि झण्डै १५ लाख दिराम खर्च भइसकेको र अहिले क्षतिपूर्ति दाबी गरी अदालतमा मुद्दा दायर गरिएकाले क्षतिपूर्ति पाउने परिवारको आशा छ । क्षतिपूर्ति पाएपछि अस्पतालमा भुक्तानी गर्ने आश्वासन दिएर उपचार गराएको उपचारमा सघाउँदै आएका दीपक अधिकारीले जानकारी दिए ।