uaeधरान/इटालीमा उत्पादन हुने अन्तर्राष्ट्रिय पेन्टिङ कलर ब्याब्ड डीजनिओ आधिकारीक विक्रेताको जिम्मेवारी एक नेपाली व्यवसायीको कम्पनीले पाएको छ । कम्पनीले आफुले आधिकारीक विक्रेताको जिम्मेवारी पाएपछि एक कार्यक्रम आयोजना गरी त्यसको जानकारी गराएको छ । एक दशक अघिदेखि युइएमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका विराटनगरका मिलन बस्नेतले पुनः अर्काे एक कम्पनी थप गरेका हुन् ।

उनले थप गरेको नयाँ कम्पनी डीजनिओ इन्टेरियर डिजाइन कम्पनिको उद्घाटन युएइका लागी नेपाली राजदुत नेत्रबहादुर टन्डनले गरेका हुन् । यस अघि बस्नेतले सञ्चालन गरेको कम्पनीले २००८ देखि युएईमा पेन्टिङ, डेकोरेसन, बिल्डिङ मेन्टिनेन्स, टेक्निकल सभिस, आर्ट लगाएतका काम गरीरहेको छ भने २ सय भन्दा बढी नेपालीलाई रोजगारी समेत दिइरहेका छन् ।

डीजनिओ इन्टरियल डिजाइन कम्पनि युएइको उद्घाटन समारोहमा गैर आवासीय नेपाली संघ युएई अध्यक्ष सुदिप कार्की, नेपाल पत्रकार महासंघ युएई अध्यक्ष त्रिलोचन कोइराला, नेपाली सोसियल क्लबका अध्यक्ष सालिक सुबेदी, नेपाली समाजका अध्यक्ष चन्दप्रसाद सापकोटा, नेपाल बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्रबहादुर थापा लगायत युएइमा क्रियाशिल सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी ब्यबसायी तथा पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

उद्घाटन समारोहमा बिजेता गु्प कम्पनीका संचालक मिलन बस्नेतले उपस्तिथ सम्पूर्णलाई स्वागत गर्दै सबैको साथ सल्लाह हौसाला पाएमा चाडै युएईका अन्य राज्यमा पनि शाखा बिस्तार गर्ने एबम् इटालीमा उत्पादन हुने अन्तराष्ट्रिय पन्टिङ कलर ब्याब्ड डीजनिओलाई चाडै नेपाली बजारमा पनि भित्राउने जानकारी गराए ।