इटहरी/ नेपाल सरकारले खाडीमा काम गर्ने नेपाली महिलाहरुलाइ सन २०१२ को अगस्ट ९ मा ३० बर्ष मुनिकाले जान नपाँउने नियम बनायो । यो नियम खासगरी कुवेत, लेवनान तथा साउदि जस्ता अरबि देशहरुमा घरेलु कामदारको रुपमा जाने महिलाहरलाइ लक्षित गरिएको थियो । ३० बर्ष मुनिका नेपाली महिलाहरुलाइ खाडीमा काम गर्न जान बन्द गर्नुको मुख्य उदेश्य महिलाहरुमा हुने यौन हिंशाको कारण थियो ।

नेपाली महिलाहरुमाथी भएका पटक पटकका अमानविय यौन हिंसा र बलात्कारका घटनाले यस्तो कदम चालेको सरकारले पुनः सन २०१५ को सेप्टेम्बरमा अर्को नियम ल्यायो – अब ३० बर्ष बाट घटाएर २० बर्ष माथिका महिलाहरुले पनि खाडी जान पाँउने । विभिन्न महिला अधिकारबादि तथा ह्युमेन राइट वाज जस्ता संस्थाहरुको दबाबमा सरकारले आफ्नो कदम त सच्यायो तर खाडी मुलुकमा हुनेगरेका महिला हिंसा तथा बलात्कारका घटनाहरुमा भने सुन्यता आएको छैन । यो त भयो खाडीमा हुने महिलामाथीका यौन हिंसाले निम्त्याएको सरकारी नितीगत तहको फेरबदल । तर, महिलाहरु जस्तै खाडीमा हरेक दिनजसो यौन हिंसामा परेका नेपाली पुरुषहरुका बारेमा भने न कुनै संचार माध्यममा समाचारै आएको छ ।

न त सरकारको आँखा र कान सम्म यो कुरा पुगेको छ । कतार, साउदि, युएइ, बहराइन, कुबेत, ओमान जस्ता अरविक देशहरुमा काम गर्ने नेपाली पुरुषहर समेत दैनिक यौन हिंसाको सिकार हुने गरेका छन । त्यसैका एक उदाहरण हुन इटहरीका कुम्भ राई (नाम परिवर्तन) । कुवेतको राजधानी कुवेत सिटीको एक वाटर डिस्टिलेसन कम्नीमा काम गर्ने कुम्भका युनिट इन्चार्ज थिए उत्तर पश्चिमा पाकिस्तानबाट आएका एकजना अधवैंशे पठान । कुम्भ र पठान एकै कम्पनीमा काम गरेर अनि भाषा बुझ्ने कारणले पनि नजिकिएका थिए । उर्दु र हिन्दी उस्तै हुनाले पठानको भाषा कुम्भलाइ बुझ्न गाह्रो भएन ।

कम्पनीका इन्चार्ज भएपनि पठानले कुम्भलाइ काममा विदा खुकुलो पारीदिए । कार्यक्षेत्रमा इन्टरनेट प्रयोग गर्न नपाँउने कम्पनीको नियम भएपनि कुम्भलाइ आफ्ना युनिट इन्चार्जले आफ्नै अफिस रुममा त्यो सुविधा दिए । एकदिन काम सकेर कोठा फर्किन लाग्दा कुम्भलाइ इन्र्चाले दुइ घण्टा बस्न अनुरोध गरे । इन्चार्जको कुरा मानेर अफिसमा बसिरहेका कुम्भ नजिक आएका पठानले अलिक फरक व्यवहार देखाँउन थाले । कपाल सुम्सुम्याँउने, घरिघरि चुम्बन गर्ने र गुप्तांङ्गमा हात पुर्याउन थालेपछि गाली गरे कुम्भले । कुम्भलाइ पठानले उनले आफुलाइ विरोध गरे उसले कम्पनीको नियम बढि विदा लिएको र कामको समयमा इन्टरनेट प्रयोग गरेको उजुरी गर्ने र काम बाट निकाल्ने भनेर धम्कि दिन थाले । कुम्भलाइ मानसिक तनाव दिएर पठानले एक बर्षभर हरेक हप्ताजसो कुम्भलाइ यौन हिंसा गरेको कुम्भकै कोठाका साथी विक्रम भण्डारी बताँउछन । बिक्रमलाइ सबै कुरा सुनाएका कुम्भ अन्ततः एक बर्ष मात्रै काम गरेर स्वदेश फर्के । राम्रो काम र राम्रो दाम हुँदा हुँदै कुम्भ नेपाल फर्कनुको कारण थियो– पठानको यौन हिंसा र बलात्कार ।

कुम्भ जस्तै अर्का पठानको यौन हिंसा पीडित हुन हाल कतारको दोहाबाट भित्र पर्ने सनौया औद्योगिक क्षेत्रमा काम गर्ने दिपेश भुजेल (नाम परिवर्तन) । तेह्रथुमका दिपेश एक दिन शुक्रबारे विदा मनाएर दोहाबाट आँउदा साँझ झमक्कै भएको थियो । ट्याक्सिमा चढ्न मोलमोलाइको क्रममा एक जना पठानले सस्तैमा लगिदिन्छु भनेपछि दिपेश ट्याक्सिमा बसे। एकदमै मिजासिलो भएका पठानले मोबाइल नम्बर र हालखबर सोधेर आत्मिय व्यवहार गरे ।

कत्ति सम्म भने बाटैमा पर्ने आफ्नो कोठामा चिया खाएर जाँउ सम्म भने । दिपेशलाइ चिया खान भनेर कोठाा पुर्याएका पठानका कोठाकै अर्का साथीले चिया बनाए । चिया खाइसकेपछि कोठाका दुवै पठानहरु जिस्किन थाले । अन्ततः उनलाइ बतात्कार सम्मको घटना भयो । कतार पसेको पहिलो महिनामै यस्तो भोगेका भुजेल निक्कै समय आफु मानशिक तनावमा परेको उनीसँगै काम गर्ने तेह्रथुमकै सन्तोस खापुङ्ग बताँउछन । पठानले गर्ने यौन हिंसाको उजुरी नै पर्दैन कुम्भ र दिपेशलाइ जस्तै खाडीमा जाने थुप्रै युवाहरु पठानहरुबाट पीडित हुने गरेको जानकारहरु बताँउछन । पुरुषलाइ गर्ने दैनिक यौन हिंसा र बलात्कारका घटनाहरु घामझै छर्लगै भएपनि प्रहरीमा पुग्ने वा वाहिर ल्याउने काम भने भएको छैन । ‘पाकिस्तानबाट आएका अग्ला र लामो दारि पाल्ने पठानहरु दुवैको ७० प्रतिसत ड्राइभरहरु पठान छन र सुन्नमा आएअनुसार अधिकांश पठानहरु समलिंङ्गी हुन्छन’, हाल दुबइमा रहेका पुर्व रेडियोकर्मि तथा गजलकार उमेश घिमिरे भन्छन, ‘इटहरीकै एक जना साथीलाइपनि पठानको गाडीमा आँउने क्रममा यौनजन्य हर्कत गरेको सुनिपछि हामीले उद्धार पनि गर्यौ ।’ दबइको कानुनमा यौन हिंसालाइ दण्डित गरिएपनि भाषा र धर्मका कारण अपबाद बाहेकका उजूरीहरु प्रहरी सम्मै पुग्दैन । पठान पीडितहरुमा मंगोलियन अनुहारका नेपाली र फिलिपीनोहरु पाकिस्तान तथा अफगानिस्तानबाट अरबमा काम गर्न गएका पठानहरु बढिजसो समलिंङ्गी नै हुने अरबमा काम गर्नेहरुको अनुभव छ । लामो दाह्रि पालेका अग्ला र देख्दै बलिया पठानहरु प्रायः दाह्रि जुँगा नभएका नेपाली तथा फिलिपिनोहरुलाइ पच्छ्याउने कतारमा तीन बर्ष बसेर आएका धरानका रुद्र भट्टराईले बताए । ‘खासगरि हाम्रो देशका मंगोलियनहरु र फिपिपिनोहरुलाइ पठानहरुले दुःख दिन्छन’, भट्टराई भन्छन, ‘दाह्रिजुँगा नभएका अन्य नेपालीहरुलाइ पनि उनिहरुले निशाना बनाउछन ।’

दिउँसो कोठामा, ट्याक्सिमा वा मरुभुमिमा अनि रातको सममा पठानहरु बाहुल्य भएको क्षेत्रको कुनै कुनामा लगेर पठानहरुले नेपाली पुरुषहरुमाथी बलात्कार गर्ने आफुले पटक पटक सुनेको भट्टराईको अनुभव छ । दुवैमा रहेका गजलकार उमेश घिमिरे पनि भट्टारइसँग सहमत छन । भन्छन, ‘३५ बर्ष कमका युवक देख्नै हुन्न पठानहरुले सिकार बनाउन खोजीहाल्छन ।’ आर्यन अनुहारका केहि खाइलाग्दाहरुलाइ भने पठानै जस्तै मानेर कम मात्रामा यौन हिंशा गर्ने घिमिरे बताउछन । ‘पठानको यौन हिंसाबाट बच्न समुहमा हिड्ने’ पठानबाट हुने यौन हिंसाबाट बच्न नेपाली युवाहरु समुहमा हिन्ने र पठानको गाडीमा एक्लै नचढ्ने गर्न थालेको बताएका घिमिरेले नयाँ आगन्तुकहरु भने पीडित हुनसक्ने बताए । एकदमै मिजासिला अनि सहयोगि जस्तो व्यवहार देखाँउने पठानलाइ विस्वास गर्ने थुप्रै नेपाली युवाहर यौन हिंसाको सिकार भएको घिमिरेको बुझाइ छ । ‘पठानको क्षेत्रमा नजाँने, समुहमा हिड्ने र पठानहरुलाइ विस्वास नगर्दा पठानको यौन आतंकबाट बच्न सकिन्छ’, घिमिरे भन्छन, ‘यो त भयो व्याक्तिगत तवरबाट बच्ने उपाय तर खाडीका सरकारहरुले गोप्य उजुरीको आधारमा पुरुष यौन हिंसा पीडितका कुराहरु सुनुवाइ गर्नेहो भने पनि यो समस्या निकै हदसम्म अन्त्य हुन्छ ।’ को हुन पठानहरु? पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा बढि मात्रामा बस्ने पठानहरु अफागानिस्तान र भारत तथा इरानमासमेत बस्छन । एक अनलाइन तथ्यांक अनुसार पाकिस्तानमा ३ करोड र अफगानिस्तानमा १ करोड पठानहरुको संख्या रहेको छ । फाट्टफुट्ट रुपमा भारत र इरानमा पनि पठानहरुको बसोबास रहेको छ ।

समलिङ्गी सम्बन्धमा बदनाम छन । केहि बर्ष अगाडि बनेको एक डकुमेट्रिले पनि यो सत्यलाइ थप प्रमाणित गरेको छ । ‘पाकिस्तान्स हिडेन सेम’ (पाकिस्तानको लुप्त बद्नाम) नामक डकुमेट्रिले यस बारेमा धेरै तथ्यहरु बाहिर ल्याएको छ । पठानहरुबाट हुने बालक बतात्कारका कुराहरु समेटिएको उक्त डकुमेट्रि युट्युवमा समेत चार लाख बढिले हेरेका छन । त्यहाँ प्रस्तुत गरिएका ११ जना बालकहरु बतात्कार गरेको बताएका पठानलाइ किन बालक बलात्कार गरेको भन्दा उसको जवाफ छ, ‘केटिसँग हिड्दा धेरैले शंका गर्छन तर बालहरु लाँदा सजिलो हुन्छ । संका हुन्न ।’