धरान/ साउदी अरबका बिभिन्न ठाउँमा ३६ जना बढि नेपालीहरु अलपत्र परेका छन् ।

प्राप्त जानकारी अनुसार भोजपुर सिराहा कैलाली चितवन रौतहट पाल्पा लगाएतका जिल्लाका युवाहरु अलपत्र परेका हुन् ।

वैदेशिक रोजगारको लागि रोयल हिमचुली मेनपावर काठमाण्डौंबाट साउदी पुगेका नेपाली युवाहरु बिना तलब काम गर्न बाध्य भएका छन् ।

उनीहरुलाई खानबस्न समेत कम्पनीले नदिएपछि उनीहरुको बिचल्ली भएको हो । अलपत्र युवाहरु मध्ये सरौराहामा ६ जना नेपाली अब्भामा ४ जना, मजार्दामा ३ जना र जिजान भन्ने ठा“उमा ३ जना छन् ।

पीडित युवा मध्येका एक दाङका खुसीराम चौधरीले उद्धारकालागि नेपाली दुतावास र अन्य निकायहरुमा जानकारी गराउँदा समेत कुनै पहल नभएको बताए । दुतावासका कर्मचारी रेबती पौडेलले आफुहरुको समस्याका बिषयमा वास्ता नगरेको उनले बताए ।

अहिले हामीलाई गैरकानुनी रुपमा डर र धम्कि दिएर राखिएको छ,हामीलाई सकुसल नेपाल फर्कने वातावरण मिलाईदिन हामी अनुरोध गछौं उनले भने ।

आफ्नो टिकट आफै काटेर नेपाल फर्कन्छौं भन्दापनि मालिकले उल्टै धम्कि दिने गरेको भन्द्रै उनीहरुले नेपाल फर्कने वातावरण बनाईदिन नेपाल सरकार सँग माग गरेका छन् ।