मञ्चले नेपालीहरुलाई सहजताका साथ नेपाल फर्काउन सहयोग गर्न अनलाईन र सेवा केन्द्र स्थापना गरेर प्रारम्भ गरेको बताएको छ ।सहयोगका लागि जुबैलस्थित एभरेष्ट होटलको छेऊमा रहेको हेमचन्द्र थापा (मन्त्री) जीको सप्लाई कार्यालयमा सम्पर्क कार्यालय राखिएको मञ्चले जनाएको छ । मंचका सदस्य, अवैतनिक प्रतिनिधि र स्वयंसेवकहरुबाट पनि सहयोग लिन सकिने बताइएको छ ।
अनलाईन सेवा दिनका लागि अनलाइन सेवा समिति बनाइएको छ । जस अनुसार गैरकानुनी रुपमा रहेका नेपालीहरुको अकमाको अवस्था र हुरुपको बारेमा जानकारी दिने एवं स्वदेश फर्कन अनलाईन निवेदन गर्ने लगायतका लागि अकल प्रधानको संयोजकत्वमा अनलाईन सेवा समिति गठन गरेको छ। समितिले साउदी अरबका विभिन्न शहरमा आफ्नो सम्पर्क कार्यालय खोलेर सेवा उपलब्ध गराउने बताइएको छ। अनलाइन सेवा लिनका लागि निम्न व्यक्तिहरुबाट सहयोग लिन सकिने बताइएको छ । अनलाईन सेवा समिति
संयोजक : अकल प्रधान: 0590426094 Akal Pradhan सदस्यहरु नितेश निरौलाः 0535742816 साउदी अरब जुबेल वल पान्डा Nitesh Niraula राज प्रधानः 0571426896 साउदी अरब रियाद हायाल मरूज करण लामा : 0580015579 साउदी अरब जुबेल ईन्ताज अन्सारी : 0595460966 साउदी अरब दम्माम एयरर्पोट विदुर पौडेल : 0564756977 अन्तर्राष्ट्रिय अभियंता Bidur Poudel
नेपाली साझा मंच सम्बध्द अवैतनिक प्रतिनिधिहरु : रामकृष्ण घिमिरे : 0596363362 मुस्ताक मदनी : 0551875320 श्री कृष्ण श्रेष्ठ : 054 3611885 श्री कृष्ण श्रेष्ठ देवेन्द्र सुवेदी : 0593164687 तेजुकुमार श्रेष्ठ : 0591694366 दिपेन्द्र खड्का : 0594031900 विष्णु घिमिरे : 0595803100 महेश श्रेष्ठ : 0592210509
जुबैल सेवा केन्द्रको सम्पर्क: टेकबहादुर तामाङ : 058 092 9552 (एभरेष्ट होटलसंगै बाँया तर्फको कार्यालय)
साउदी सरकारले गैरकानुनी रुपमा बसेका विदेशी कामदारहरुलाई देश छाड्न भन्दै आममाफीको अवसर दिएको छ । कम्पनीरमालिकले अकमा नबनाइदिएको, अकमा रिन्यु नगरिदिएको, हुरुप लगाइदिएको, साउदीको भिषा अवधि सकिएको, श्रम कानुन उल्लंघन भई अवैधानिक ठहर भएकाहरुलाई २९ मार्च देखि ३ महिनासम्मको समय दिएर स्वदेश फर्कन पाउने गरी आममाफीको अवसर दिएको छ । साउदी सरकारले दिएको आममाफीको अवसरको फाइदा उठाउन अनुरोध गर्दै फर्कन चाहनेका लागि आवश्यक सहयोग गर्न यस्तो सेवा सुरु गरेको मञ्चले बताएको छ ।
यसैबीच मञ्चले कुवैत, दुबई लगायतका मुलुकमा लाने भनेर साउदीमा बेचिएका महिलाहरुलाई मुक्त गराउने अभियान संचालन गर्न लागेको बताइएको छ । मञ्चका आईसीसी संयोजक महेश श्रेष्ठले नेपालको केन्द्रिय कार्यालय र साउदी अरबबाट नेपाली साझा मंचले तयारी गर्दै रहेको जानकारी दिएका छन् । पीडित महिलाहरुको उद्धारमा अभियानलाई सघाउन सबैपक्षसँग अनुरोध समेत गरिएको छ ।
स्मरण रहोस् मञ्चले साउदीमा अलपत्र परेका नेपालीको उद्धार गर्नुका साथै नेपालमा पनि विभिन्न सेवामुलक काम गर्दै आएको छ ।