धरान/लगभग दुर्इ वर्षपछि यसै हप्ता ती दिदीसँग भेट भयो । चिन्नै सकिनँ पहिला त । ओहो ! दुई बर्षमा यति धेरै परिवर्तन ? शरदीय आकाशमा खुलेकी जून जस्ती दिदी औंसीको अन्धकारमा रूपान्तरित भइछन् । ढकमक्क फूल जस्तो फक्रिएको उनको बैंस जरा काटिएको लालीगुलाफ झैं मुर्झाएछ । स्याउदाना गाला निचोरेको निबुवाजस्तै भएछ