धरान/घरेलु कामदारका लागि साउदी अरबमा बेचिएका ६ जना नेपाली महिलालाई साउदीस्थित नेपाली दूतावासले उद्धार गरेको छ ।खाडी मुलुक कुवेत हुँदै मानव तस्करद्वारा साउदीमा बेचिएका ती महिलालाई दूतावासको शेल्टरमा राखिएको थियो ।
प्रसासनिक प्रक्रिया पूरा गरी एक्जिट भिषा लगाएर ‘एयर अरेबिया जी–९ ५३९’ बाट नेपाल फर्काइएको दूतावासले जनाएको छ ।उद्धार गरिएका महिला कुवेतबाट आएको दूतावासले पुष्टि गरेको हो । उनीहरू (आइतबार) बिहान साढे नौ बजेपछि काठमाडौं आइपुगेको दूवासले जनाएको छ । बाह्रखरीबाट