धरान/नेपाली हिन्दुहरुको महान पर्व वडा दशै आज(शुक्रबार)बाट बिदा भएको छ ।दशैले शहरमा भन्दापनि गाउमा रौनक ल्याउने गर्छ । त्यस्तै रौनक देखियो धनकुटाको महालक्ष्मी नगरपालीकाको मुर्तिढुङगामा ।
मुर्तिढुङगामा दशैलाई रमाइलो बनाउन शिक्षण पेशामा अर्को गाउ पुगेका दिपक काफ्ले (डाँडाघरको कान्छो) अध्ययन र रोजगारीकालागि काठमाण्डौ बस्दै आएका सुरज काफ्ले(तखतीघरको कान्छो) र प्रदेश नंम्बर एकको ठुलो मिडिया हाउस ब्लाष्ट दैनिकका समाचार सम्पादक तथा ब्लाष्टखबरडटकमका कार्यकारी सम्पादक को रुपमा धरानमा कार्यरत योगेशबाबु काफ्ले (सिमबारीको जेठो) सहितको टोलिले नेपालका मौलिक बाजा र गितहरु प्रस्तुत गरेर दशैलाई अबिस्मरणीय बनाएका छन् ।
उक्त प्रस्तुती मध्ये एउटा प्रस्तुती हामीले यहाँहरुलाई प्रस्तुत गरेका छौ ।दशैलाई फेसनको रुपमा हैन सांस्कृतीक उत्सबको रुपमा बनाउनु पर्छ भन्ने प्रेरण सबैमा मिलोस भन्दै यो भिडियो प्रस्तुत गरेका छौ ।