विर्तामोड । झापाको बिर्तामोडमा प्रदर्शनकारी र प्रहरी बिच झड्प जारी भएलगतै जिल्ला प्रशासन कार्यालयले बिर्तामोड लगायत आसपासको क्षेत्रमा कफर््यू लगाएको छ । प्रशासन कार्यालय झापामा आज बसेको सुरक्षा समितिको बैठकले बिर्तामोडमा दिउसो १.३० बजेदेखि ‘कफ्र्यू’ आदेश जारी गरेको हो । सुरक्षा समितिको निर्णय अनुसार मुक्तिचोकदेखि बस पार्क पूर्व, चारपाने चोक पश्चिम, मानन्धर चोक उत्तर र विर्ताबजार दक्षिण क्षेत्रमा ‘कफ्र्यू’ आदेश जारी गरिएको प्रशासन कार्यालयका प्रशासकिय अधिकृत राजु दाहालले जानकारी दिए । अर्को सूचना जारी नभएसम्म बिर्तामोडमा ‘कफ्र्यू’ जारी रहेन अधिकृत दाहालले बताए । कर्फयू जारी भएसँगै बिर्तामोड आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको विरोध र्यालीमाथि शनिश्चरे रोडमा प्रहरीले शुक्रवार विहान दमन गरेको थियो । सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रमा गर्ने क्रममा प्रहरीले दमन गरेपछि घटनाले उग्र रुप लिएको थियो ।झापाको बिर्तामोडमा आश्रुग्यास र हवाई फाइरिङ्ग जारी, दर्जनौ व्यक्ति घाइते, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध झापाको बिर्तामोडमा प्रदर्शनकारी र प्रहरी बिच झड्प जारी छ । झड्पमा प्रदर्शनकारी र प्रहरी पक्ष दुवै तर्फ गरी दर्जनौ घाईते भएका् । घाईतेहरुको नाम खुलेको छैन ।
घाइतेहरुको बिर्तामोडका अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ । बिर्तामोडको पूर्व पश्चिम राजमार्ग अन्तरगतको मुक्ति चोक, भद्रपुररोड र शनिश्चरेरोड अहिले पनि तनावग्रस्त छ । बिर्तामोड तनावग्रस्त बनेपछि राजमार्ग तथा सहायक राजमार्गमा चल्ने सवारीसाधन ठप्प बनेको छ । स्थिती नियन्त्रणमा लिन अहिले सम्म दुवै पक्षबाट कुनै प्रयास नभएपछि घटनास्थल तातिदै गएको छ । प्रहरीले घटनास्थलमा दर्जनौ पटक आश्रुग्यास र हवाई फाइरिङ्ग गरिसकेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्दै प्रहरी दमनको विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीले ठांउ–ठाँउमा टायर बालेका छन् । यो क्रम अझै पनि जारी रहेको घटनास्थलमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको विरोध माथि शनिश्चरे रोडमा प्रहरीले शुक्रवार विहान दमन गरेको थियो । सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीबिरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रमा गर्ने क्रममा प्रहरीले दमन गरेपछि घटनाले उग्र रुप लिएको हो । यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीसंग सम्पर्क हुनसकेन । गत असोज १४ गते सुरेश पोखरेलको घरमा गएका बालक शिवाकोटी १५ गते बिर्तामोड–१ स्थित ठाकुर मन्दिर नजिकै बैंशावाडीको भौडीमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । यसैबीच मृतकका परिवार र सर्वसाधारणले बालकको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै सीता पाण्डेको संयोजनमा २७ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।