धादिङ/धादिङको गजुरी–५ घाटबेँसीको मोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सात जना पुरुष र चार जना महिलाको रहेका छन् ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । अन्य बेपत्ताको खोजीकार्य तीव्र रहेको प्रहरीले जनाएको छ । उक्त बसमा कति यात्रु सवार थिए भन्ने बारे अहिलेसम्म थाहा हुन सकेको छैन् । बिहान अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए ।

उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक सापकोटाका अनुसार गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कबिहिन् रहेका छन् ।