धरान/राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको त्रिशूली नदीमा खस्दा ३१ जनाको मृत्यु भएको छ ।तीव्र गतिको बसलाई चालकले घुम्तीमा मोड्न नसक्दा शनिबार बिहान धादिङको गजुरीमा दुर्घटनामा परेको हो । शनिबार बेलुकासम्म बसबाट ३१ जनाको शव निकालिएको थियो । मृतक मध्ये ११ जना पुरुष, १० महिला र १० जना बालबालिका रहेको रहेको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

दुर्घटनाका घाइतेकाअनुसार अmझै केही बेपत्ता भएका छन् । घाइतेका अनुसार चालकले रक्सी पिएर बस चलाएका थिए । बसका चालक सन्तोष चौधरी भने फरार छन् ।  दुर्घटनामा परेर एकै परिवारका ६ जनाको ज्यान गएको छ । सबै सप्तरी तिलाठीस्थित एकै परिवारका हुन् ।

छठ पर्व मनाएर फर्किँदै गरेकाहरु अधिकांश रहेका थिए ।  मृत्यु हुनेमा राजकपुर यादव, चन्द्ररेखा प्रमाणी, चन्द्राप्रभादेवी झा, अन्जित कुमार झा, नरेश मुखिया, सुशासन्त चौधरी, रामानन्द यादव, ममतादेवी ठाकुर, आदित्य यादव, सञ्जितकुमार झा, पार्वती चौधरी, सिमाकुमारी झा, चन्द्रलेदा प्रमाणी, प्रमोद इसार, सुधीरकुमार यादव, मनिष ठाकुर, उदय मण्डल, आशीकीकुमारी यादव, समीक्षा यादव, प्रभा चौधरी, रिषिआनन्द देव, आदित्य झा, समीक्षाकुमारी यादव, सुदिप चौधरी, चित्ररेखा प्रमाणी, मानवी यादव, सुरेन्द्र चौधरी, चित्रलेखा प्रमाणी, पशुपति चौधरी, अभिनव झा र बिटु झा रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।