विर्तामोड । बिर्तामोडमा लगाएको कफ्र्युलाई ३ घण्टा बढाएर दिउँसो १२ बने सम्म खुल्ला गरिएको छ । झापा प्रशासनले आइतबार विहान ९ बजेदेखि सोमबार विहान ९ बजे अर्थात १२ घण्टाका लागि कफ्र्यु फुकुवा गरेको थियो । तर, बिर्तामोडको अवस्था सामान्य बन्दै गएकोले सोमबार विहान बसेको सुरक्षा समितिको बैठकले ३ घण्टा बढाएर १२ बजे सम्म हटाइएको प्रहरी कार्यालय झापाका एसपी बिष्णुृकुमार केसीले जानकारी दिए । बालक लक्ष्मण सिवाकोटीको बिषयमा भएको प्रहरी र प्रर्दशनकारी बिच बढ्दो झड्पलाई नियन्त्रण गर्न झापा प्रशासनले शक्रुवार साढे १ बजे देखि बिर्तामोड आसपासको क्षेत्रम कफ्र्यु जारी राखेको थियो । बिर्तामोडमा साढे ५५ घण्टा कफ्र्यु जारी राखेको अवस्था आइतबार ९ बजेदेखि प्रशासनले कफ्र्यु हटाउन काम सुरु गरेको हो ।