भद्रपुर । शनिवार दिउँसो १ः३० बजेबाट बिर्तामोडमा लागेको कर्फ्यु पूर्ण रुपमा हटाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले दिएको जानकारी अनुसार बिर्तामोडको शान्ति सुरक्षाको स्थिती सामान्य भएका कारण कर्फ्यु पूर्ण रुपमा हटाइएको हो । आइतबार बेलुका बसेको जिल्ला सुरक्षा समितिको वैठकले आइतबार राती ९ बजेबाट कर्फ्यु सोमबार बिहान ९ बजेसम्मलाई हटाएको थियो । पुनः सोमबार बिहान वैठक बसेर मध्यान्न १२ बजे सम्मलाई कर्फ्यु हटाइएको थियो । १२ बजे पश्चात् अर्को निर्णय गरेर दिउँसो ३ बजेसम्मलाई कर्फ्यु हटाइएको थियो । ‘‘चरणवद्ध गरेर हामिले सुरक्षाको अवस्थाको अवलोकन गर्र्यौ’’, प्रमुख जिल्ला अधिकारी तिवारीले भने–‘‘अव बिर्तामोडमा जटिल अवस्था छैन , सुरक्षा अवस्था सहज बन्दै गएको छ , कर्फ्यु खुलाउन जरुरी छ ।’’ अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का ११ वर्षिय बालक लक्ष्मण शिवाकोटीको मृत्यु नभई हत्या भएको भन्दै परिवार र सर्वसाधारणले शुक्रबार गरेको प्रदर्शनले जटील रुप लिएपछि शुक्रबार १ः३० बजेबाट कफर््यू लगाइएको थियो । प्रदर्शनका क्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का नरेश थापाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । सोहि विषयलाइ लिएर गृहमन्त्रालयवाट आएको छानविन समितिको टोली अनुसन्धान बटुलेर सोमवार दिउँसो काठमाडौ फर्किएको छ । शनिवार दिउँसो झापा आएको टोलीले आइतवार दिनभर सुरक्षा निकाय,स्थानीय,पीडित पक्ष,विर्तामोडको आसपासको क्षेत्रमा अनुसन्धान गरि फिर्ता भएको प्रजिअ तिवारीले बताए ।