धरान/धरान उपमहानगरपालीकामा जनप्रतिनिधिले सय दिनमा सन्तोषजनक काम गरेको समिक्षा गरेका छन् ।सोमबार सुनसरी उद्योग बाणिज्य सघंमा आयोजीत एक सय एक दिनको उपलब्धि सार्बजनिक गर्ने कार्यक्रममा नगर प्रमुख तारा सुब्बाले बषौं देखि निस्कृय रुपमा रहेका पक्षहरुलाई सक्रिय बनाउन केही समय लागेको बताए ।

सय दिनको उपलब्धिको रुपमा नगर प्रमुख सुब्बाले सुकुम्बासीलाई घर नम्बर दिएर करको दायरामा ल्याई जग्गाको स्वामित्व दिने प्रकृयाको सुरु,धरान वसपार्क निर्माणकालागि बिबाद समाधानको अन्तिम चरण,खानेपानी वितरण सुभारम्ब जस्ता योजनाहरुलाई उपलब्धीको रुपमा लिएको बताए ।

भवन निर्माण सम्बन्धि मापदण्डको बिशेष ब्यबस्था,धरानका संबेदनशील सडकको मर्मत तथा धरान ४,५ र २० नम्बर वडाका वडाबासीलाई नगरबासीको अनुभुती दिलाउने गरि ल्याइएका विकासका कार्यक्रमलाई पनि उनले उपलब्धीको रुपमा सार्वजनिक गरे ।

धरानको सर्दुजलाधार क्षेत्रको सिमाङकन सुरु गर्न लागिएको तथा जग्गा प्लटिङ र कित्ताकाटलाई रोक लागाइएको समेत जानाकारी गराए ।धरानको फोहोर ब्यबस्थापनकालागि भेन्चर वेष्ट टु एनर्जी कम्पनी सँग २० बर्षे सम्भाmैता भए अनुसार उक्ता फोहोरबाट उर्जा उत्पादन गर्ने उद्योग गर्दाको लागि प्रकृया अगाडी बढेको छ ।

धरानलाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न गुरु योजना बनाउने समेत कार्य अगाडि बढेको नगर प्रमुख सुब्बाले जानकारी गराए । धरानमा सिटी हस्पिटल सञ्चालन गर्ने योजना समेत अगाडी बढेको उनले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिबेदनमा उल्लेख भए अनुसार उपमेयरको संयोजकत्वमा बनेको न्यायीक समितीले बिभिन्न प्रकृतीका सात वटा मुद्धाको निबेदन परेकामो ४ वटा बिबाद समाधान भएको छ भने तिन वटा छलफलको क्रममा रहेका छन् ।