तकिया(माेरङ)/ भनिन्छ मानिसको भाग्य छैटौं दिनमा भावीले लेख्छ । तर, मोरङको कटहरी–७ तकियाका राजकुमार सरदार र रितादेवी सरदारका छोरा जन्मिएको छैंटौं दिनमै विरामी परे । त्यति वेला उनलाई डाक्टरले जन्डीस भएको भनेर औषधी पनि गराए । जन्डीस त निको भयो तर, तर शरिर थिग्रीएन ।

अहिले राजिव १२ वर्षका भए । राजिवलाई दिशा पिसावको स्याहारदेखि खानेकुरा पनि अरुलेनै खुवाउनु पर्छ । राजिवको  स्यहारमै उनकी आमाको दिन वित्छ । बुबा राजकुमार घर निर्माणको काममा विराटनगर तिर काम गर्दा रहेछन् । सोमबार दिउँसो उनीहरुको घर पुग्दा राजुकुमार आँगनमा ओछ्याएको गुन्द्रीमा पल्टीरहेका थिए । गाउँको वसाई सरसफाईमा पनि अभिभावकले त्यति ध्यान दिन सकेका रहेनछन्् । अरुले भनेको सबै कुरा बझे पनि उनको बोली आउँदैन भने शरिर उठ्दैन ।

राजिव जम्मिदा राजकुमार र रितादेवी भारतको पञ्जाव तिर बस्थे । उनीहरुले उतै बच्चाको जन्डिसको उपचार त गराए । तर, समयमै उचित उपचार नहुँदा राजिव अहिलेसम्म ओछ्याउनबाट उठ्न सकेका छैनन् । राजिव जन्मिएको केही समय पछि राजकुमारको परिवार मोरङको तकिया फर्कियो । भारत र नेपालका केही अस्पतालमा राजिवको उपचार गराए पनि आर्थिक अवस्था कमजोर भएका कारण राजीवले उचित उपचार पाउन सकेका छैनन् । ‘हामीले सकेको उपचार त गराएकै हो’ राजिवकी आमा रितादेवीले ब्लाष्टसँग भनिन् ‘सबै कुरा बुझ्छ, तर, उसको बोली आउँदैन अनि शरिर पनि थिग्रीदैन ।’ राजिवलाई खाना खुवाउनेदेखि दिशा पिसाव अहिलेसम्म आफैंले गराउँदै आएको रितादेवीले बताइन् ।

अभिभावक र आफन्तले राजिवको अपाङ्गताको कार्ड भने स्थानिय निकायबाट बनाइ दिएका छन् । त्यसबाट उनको नाममा सामाजिक सुरक्षा भत्ता त आउँछ । ‘तर,उसको उपचार गराउने पाए हुन्थ्यो’ राजिवका हजुरबुबा रमा सरदारले भने ‘उपचार भए पनि पैसा धेरै लाग्छ होला ।’