तेह्रथुम/तेह्रथुममा मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि बाजागाजा सहित दलहरुले विहिबार मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा बाम गठवन्धनबाट नेकपा एमालेका भवानी खापुङ्ग, लोकतान्त्रि गठवन्धनबाट नेपाली काँग्रेसका सीता गुरुङ्ग, नयाँ शक्ति पार्टीबाट टंक वहादुर भट्टराई, संधिय लोकतान्त्रिक राष्ट्रिय मंचबाट शंकरमान खेवा, नेकपा मालेबाट डिल्ली वहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् । यसै गरि मंगोल नेशनल अर्गनाईजेसनबाट गंगा बहादुर चोङ्गवाङ्ग, राष्ट्रिय जनमोर्चा नेपालबाट हरीलाल अधिकारी, देशभक्त गणतानिन्त्रक मोर्चाबाट काली वहादुर फुदुङ्ग र एकिकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट गौरी प्रसाद कन्दङ्गवाले उमेदवारी मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद पराजुलीले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा बाम गठवन्धनबाट नेकपा एमालेका लक्ष्मण तिवारी, लोकतान्त्रि गठवन्धनबाट नेपाली काँग्रेसका गोविन्द ढुङ्गाना, नयाँ शक्ति पार्टीबाट विष्णु दाहाल, संधिय लोकतान्त्रिक राष्ट्रिय मंचबाट देउनारायण सम्वाहाम्फे, नेकपा मालेबाट माधव प्रसाद खनालले उम्मेदवारी दर्ता गरेका छन् । यसै गरि मंगोल नेशनल अर्गनाईजेसनबाट डालेश्वर लिम्वु र एकिकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट धनराज कन्दङ्गवाको उमेदवारी परेको जिल्ला निर्वाचन अधिकारी निर्मल कुमार राईले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा बाम गठवन्धनबाट नेकपा एमालेका तेजमान कन्दङ्गवा, लोकतान्त्रि गठवन्धनबाट नेपाली काँग्रेसका विजय सम्वाहाम्फे, नयाँ शक्ति पार्टीबाट राजेन्द्र कन्दङ्गवा, संधिय लोकतान्त्रिक राष्ट्रिय मंचबाट विष्णु कुमार चोङ्गवाङले उम्मेदवारी दर्ता गरेका छन् । यसै गरि मंगोल नेशनल अर्गनाईजेसनबाट डम्वर वहादुर लिम्वु, एकिकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट यसोदा देवी कार्कीको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए । उम्मेदवारी दर्ता गराउन जाँदा दलहरुले नौमती बाजागाजा सहित बजार परिक्रमा गरि उम्मेदवारी दर्ता गराउन गएका थिए । तेह्रथुममा शान्तिपुर्वक, हर्ष, उल्लासका साथ दलहरुले उमेदवारी मनोनयन दर्ता गराएका प्रहरी नायव उपरीक्षक राजन भुजेलले बताए ।