मकवानपुर । मंगलबार साँझ एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर तीन जनाको हत्या भयो । ३२ बर्षका सुमन बराइलीले गर्दनमा खुकुरी प्रहार गरी तीन जनाको हत्या गरे । मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन छन् । घटनास्थल मनहरी बजारबाट १ किलोटिर पश्चिममा पर्छ । सीताराम र सुमनको सम्बन्ध (मृतकमध्ये एक हुन् ५२ बर्षीय सीताराम धिताल । (उनको सानो एकतले, दुईपाखे फुसको घर छ । (हर्नामाडीतिरबाट केही बर्षअघि मात्रै उनी बसाइँ सरेर आएका हुन् । (उनी ज्याला मजदुरीका काम गर्थे । (उनको घरभन्दा ५० मिटर दुरीमा एउटा अर्को चिटिक्कको घर छ । त्यो घर हो सुमन बराइलीको । (सुमनको कान्छो छोरा र सीतारामको कान्छो छोराबीच केही महिनाअघि मात्रै मितेरी साइनो जोडिएको रहेछ । (३२ बर्षका सुमन र ५२ बर्षका सीताराम मित साइनोमा बाँधिए, छोराहरु मार्फत । (सुमन केही बर्षयता असामान्य अबस्थामा रहेछन् । केही समय पहिले हेटौँडा लगेर उपचार गर्दा मानसिक रोगी भएकाले औषधी पनि खुवाइएको रहेछ । (केहीदिनदेखि सुमन घरबाट हराएका थिए । उनलाई खोजेर सोमबार घर ल्याइयो । (सुमन १ बर्षअघि मात्रै समिलडाँडामा बस्न आएका हुन् । (कर्राबाट खोजेर ल्याइएका सुमन फेरि हराए र मंगलबार बिहानै फेरि खोजेर ल्याइयो । (उनले आफ्नै मित, मित छोरा र बाटामा हिँडिरहेका छिमेकीलाई खुकुरी प्रहार गरी हत्या गरे । यसरी भयो हत्या (मंगलबार साँझ काम सकेपछि सीताराम सुमनको घरमा गए । (घरमा बस्नु, काम गर्नु भनेर सम्झाउन उनी गए । (सुमन भने चुरियामाईले बोलाको छ भन्दै बिहानैदेखि असामान्य भाषा बोल्दै थिए । (यत्तिकैमा घरको आँगनमा मित सीतारामलाई खुकुरी हाने । (मितको आधाभन्दा बढी गर्दन काटियो, त्यहीँ ढले । (बुवालाई खुकुरी हानेको देखेर दौडेर सीतारामका छोरा सुदन आइपुगे । (छोरालाई पनि त्यसैगरी गर्दनमै खुकुरी प्रहार गरे। (त्यसपछि नांगो खुकुरी नचाउँदै बाटैबाटो सुमन हिँडे । (बाटोमा हिडिरहेकी दाईकी छोरी रोशनीलाई पनि खुकुरी प्रहार गरे । तर रोशनी डरले कान्लाबाट लडिन्, खुकुरीको चुच्चाले उनको लुगा अलिकति च्यातियो । (गाउँलेहरुको भागाभाग भयो । वृद्धलाई बाटोमै खुकुरी प्रहार (एकजना बृद्धा जीतबहादुर ब्लोनलाई सुमनले बाटोमा भेट्यो । (सबैजनाले ब्लोनलाई भाग्न भने । तर उनले कान नसुन्ने रहेछन् । उनको आँखा पनि कमजोर रहेछ । (सुमनले ब्लोनलाई पनि गर्दनमै खुकुरी प्रहार गर्छ, ब्लोन बाटामै ढल्छन् । (खुकुरी लिएर प्रहार गर्दै हिँडेका सुमनलाई युवाहरुले पछ्याए । (तर उल्टै सुमनले खुकुरी ताकी ताकी युवाहरुलाई लखेटे । प्रहरी र सुमनबीच लखेटालखेट (स्थानीय कसैले घटनाको जानकारी फोनमार्फत प्रहरीलाई गराए । (प्रहरी निरीक्षक चित्रबहादुर घलेसहितको टोली घटनास्थल आइपुग्छ । (प्रहरीसहित गाउँले मिलेर सुमनलाई लखेट्छन् । तर, उल्टै प्रहरीलाई समेत सुमनले लखेट्न खोज्छ । (घलेले प्रहरी उपरिक्षकलाई फोन गरेर गोली हान्ने आदेश माग्छन् । (गोली हान्नु भन्ने जवाफ अउँछ । तर, गाउँलेले हानेको ढुंगा लागेर सुमन लड्न पुग्छ । प्रहरीले उनलाई पक्राउ गर्छ । प्रहरी कार्यालयमा सुमनले के भने (प्रारम्भिक अनुसन्धानबाट यो नितान्त मानसिक सन्तुलन गुम्दाको परिणाम हो भन्ने निष्कर्ष निकालिएको छ । (प्रहरी कार्यालयमा सुमनसँग कुरा गर्दा उनी बेहोसीकै कुरा गर्छन् । (उताबाट आएका मान्छेले मेरो आमाबुवा, बुढी, छोराछोरी सबै मारे भन्छन् । (उता भनेको कता भनेर प्रश्न गर्दा उनी भन्छन् । गढीमाईबाट मलाई यस्तो आदेश आएको भन्छन् ।