विराटनगर । धरानका लालबहादुर मगरलाई अचेल न रातमा निद्रा छ, न दिनमा भोक नै । चिठामा भारु २५ लाख रुपैयाँ परेको छ, भन्दै विदेशबाट आएको भाइबरको फोनको आधारमा ठगि गर्ने दलाललाई ३ लाख ३८ हजार रुपैयाँ सुम्पिएपछि निद हराम भएको हो ।
मोरङ प्रहीले ठगि गर्ने मुख्य गिरोहलाई पक्राउ गरेको खबर थापाएपछि शुक्रबार जाहेरी दिन आएका मगरले भने, ‘छोरा सन्जयको मोवाइलमा २५ लाख रुपैयाँ चिठामा परेको छ भन्दै विदेशि नम्बरबाट फोन अयो । हामी पनि सोझो मान्छे चिठा परेकै होला भनेर चिठाको राजस्व स्वरुप मनि ट्रान्सपर मार्फत भारतमा उनीहरुको नाममा पैसा दिइम । उनीहरुले भनेजति पैसाँ पढाईदिम । पछि पो थाहा भयो दालालले ठगेछन् भनेर ।’ उनले भने । पछिल्लो समयमा भाइबरमार्फत फोन गरेर चिठा परेको छ भन्दै ठगि धन्दा मौलाएको छ ।
मोरङ प्रहरीले भाइबरमार्फत चिठा परेको छ भन्दै लोखौ रुपैयाँ ठगि गर्ने मुख्य गिरोह सहित ६ जनालाई विराटनगरबाट पक्राउ गरेको छ । लोमो समयदेखि अवैध रुपमा हुन्डिको समेत कारोबारी गर्ने मुख्य गिरोह विराटनगर ७ का ५५ वर्षिय अनुपच्रन्द सेठियालाई बिहीबार साझ उनकै निवासपछाडी पटिको अपिसबाट नगद ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँसहित पक्राउ गरेको हो ।
प्रहरीले शुक्रबार सेठियासहित अन्य पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । गोप्य सूचनाको आधारमा मोरङ प्रहरीले विशेष प्रहरी परिचालन गरि सेठियाको भतिजा ४० वर्षिय ललित, उनका सहयोगि सुनसरी दुहवीका २९ वर्षिय बलराम बिश्वास, विराटनगरका ४३ वर्षिय बिमल कुमार चिरानिया, सोही ठाउँ बस्नेत २७ वर्षिय श्रवण कुमार साह र भारतीय मुलका नागरिक ३७ वर्षिय पंकज कर्णलाई पक्राउ गरेको हो ।
पक्राउ परेको ६ जनलाई मोरङ प्रहरीले शुक्रबार जिल्ला अदालत मोरङमा ठगि मुद्दामा सात दिनको म्याद थप गरिसेको छ । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार अहिले पक्राउ परेकालाई ठगि मुद्दा चलाउने बताए । ‘उनीहरुको साथबाट लाखौ रुपैयाँ फेला परेको छ, ’ उनले भने, ‘अहिले अनुसन्धान क्रममा छौं । बरामद भएको पैसाँ स्रोत नखुले अन्य मुद्दा पनि चलउँछौं ।’ प्रहरीको अनुसार ठगि गर्ने मुख्य गिरोहा पक्राउ गरेपछि पीडितहरुले जाहेर दिने आउने क्रम बढेको छ । ‘यो गिरोहबाट थुप्रै मानिस ठगिएको हुनुर्पछ, ’ एसपी बिसीले भने,’ ठगि गर्ने गरिहोको सन्जाल ठूलो छ ।’
प्रहरीको अनुसार ठगि गर्नेको सन्जाल भारतसम्म रहेको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट पैसाँ पढाएको विभिन्न कागजपत्र समेत फेला पारेको छ । मोरङ प्रहरीले एक महिना अघि विराटनगरको रानीबाट भाइबरमार्फत फोन गरि चिठा परेको छ भन्दै ठगि गर्ने ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका ती पनि यही समुहको हुनसक्ने प्रहरीले बताइएको छ । प्रहरीले सेठियाको अपिसबाट भारतिय एक हजार रुपैयाँ, चाँदीको टुक्रा ४ थान, चाँदीको सिक्का २ थान, ६ थान मोवाइल बरामद गरेको छ ।