बिर्तामोड । प्रकाश दहालको निधन भएपछि झापामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हेलीकप्टर मार्फत काठमाण्डौ फर्किएका छन् ।
प्रचण्ड बिहान पौने ९ बजे सिम्रिक एयरको हेलीकप्टर मार्फत काठमाण्डौ फर्किएका हुन् । प्रकासको निधन भएको खबर सुनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दमकबाट बिर्तामोडसम्म आएर प्रचण्डसँग भेट गरेका थिए ।
छोराको निधनको खबर सुनेपछि प्रचण्डलाई उच्च रक्तचापको समस्या देखिएको थियो । उनलाई प्राथमिक उपचार गरेर काठमाण्डौ पठाइएको उपचारमा संलग्न चिकित्सक उमेशकुमार शर्माले जानकारी दिएका छन् ।
प्रचण्ड र ओलीले आइतबार झापाको १ नम्बर क्षेत्रमा आयोजित जनसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । त्यो कार्यक्रममा अब ओलीले मात्र सम्बोधन गर्ने छन् ।