काठमाण्डौ/ माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) श्रीमती सिता दाहाल र छोरी रेणु दाहाललाई लाजिम्पाटबाट लिएर थापाथली स्थित नर्भिक अस्पताल तर्फ लागेका छन् । झापाबाट काठमाण्डौ पुग्नसाथ प्रचण्ड लाजिम्पाट स्थित निजी निवास पुगेका हुन् । छोरा प्रकास दाहालको निधन भइपछि आमा सिता बेहोस अबस्थामा रहेको पारिवारीक श्रोतले जनाएको छ ।