धरान कांग्रेसकाे छलफलमा हात हालाहाल
- मंसिर ३, २०७४
- ब्लाष्ट खबर
धरान/नेपाली कांग्रेसका महासमिति सदस्य उमेश थापामाथि नेपाली कांग्रेसकै कार्यकर्ताहरुले हातपात गरेका छन् ।
प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिदै जाँदा ‘पार्टीको स्टेरिङ कमिटी’ को छलफलको क्रममा थापामाथि तरुण दलका केन्द्रीय प्रतिनिधि सन्नी श्रेष्ठले शनिबार हातपात गरेका थिए । हातपातमा संलग्न श्रेष्ठसहित धरान–१९ बाट क्षेत्रीय प्रतिनिधि रहेका सन्दीप श्रेष्ठ, तरुण दलका १९ नम्बर वडा सभापति देउमान राईलाई कारबाहीको लागि जिल्ला समितिमा सिफारिस गरेको छ ।
एक नम्बर क्षेत्रीय समितिका सभापति सुरेशमान श्रेष्ठको नेतृत्वमा आइतबार बसेको छलफलले तीनजनालाई कारबाहीको सिफारिस गरेको हो । ‘पार्टीमा अनुशासन विपरीत कार्य भएको ठहर गर्दै जिल्ला तथा केन्द्रलाई बोदार्थ दिएर कारबाहीको सिफारिस गरेका छौं ।’ क्षेत्रीय सचिव मुरारी भट्टराईले फोनमा भने ।
उनका अनुसार तीनै जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको लागि सिफारिस गरिएको हो । पार्टीको स्टेरिङ कमिटिको छलफलमा ‘डोमिनेट’ गर्ने प्रयास गरेपछि त्यही विषयमा थापाले बोल्ने क्रममा श्रेष्ठले हातपात गरेका थिए ।