तरहरा/ नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम कम्युनिष्टहरुले पहाड र मधेष बिचको दुरी बढाएको आरोप लगाएका छन् । सुनसरीको दक्षिणवती क्षेत्र देवानगञ्जमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने हेलिक्याप्टरबाट आएका प्रधान्मन्त्री देउवाले मधेषका जनता र पहाडको जनता बिचको दुरी बढाउँने काम कम्युनिष्टहरुले गरेको आरोप लगाएका हुन ।
मधेषका गरीब जनताहरुको पक्षमा कम्युनिष्ट नेताहरु नरहेको भन्दै आफुहरुले मधेष र पहाडको सम्बन्ध समधुर बनाउँने काम गरेको बताए । उनले भने कम्युनिष्टहरु नारामा मात्र सिमित भएको भन्दै मधेषका जनाताको मुद्धामा विपक्ष हुदै आएको बताएका थिए । कांग्रेस ठुलो पार्टी नभए संविधान संसोधन नहुने भन्दै लोकतन्त्र रक्षाको लागी काग्रेस जिताउँन कार्यकर्ताहरुलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले निरकुशंता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको टिप्पणी समेत गरे । अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनाव भएको भन्दै सचेत रहन लोकतन्त्रवादीहरुलाई आग्रह गरे । त्यस्तै, कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले–माओवादीले लोकतन्त्रको र्भयाङ्ग चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए । कहिले पनी नेपाल र नेपाली जन्ताका हितकालागनी एमालेले कुनै काम नगरेको भन्दै वरिष्ठ नेता पौड्लले एमाले जहिले पनी लोकतन्त्र विरुद्धको गतिविधिमा मात्र सक्रिय हुने गरेको आरोप सलगाए । उपप्रधानमन्त्री विजय कुमार गच्छदारले नेपालमा भएका सवै परिवर्तहरु नेपाली काग्रेशकै अगुवाइमा भएको बताउनु हुदै अवको सविधानको रक्षा समेत काग्रेशले मात्र गर्न सक्ने ठोकुवा गरे । बाम गठबन्धनको नाममा अहिलेको सविंधान मासेर मुलुकलाइ एकदलीय सासनमा ढाल्न खोजेको समेत अरोप लगाए । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काग्रेस देशभर पहिलो पार्टी भए मात्र देशको विकास हुने वताए । कार्यक्रममा मन्त्री मिन विश्वकर्माले काग्रेसमा मतदान गर्ने आग्रह गरे । कार्यक्रममा सिताराम मेहता,राजिव कोईराला लगायतका नेताहरुले सभालाई सम्बोधन गरेका थिए । यसै क्षेत्रबाट काग्रेस नेता वि.पि कोइरालाले २००७ सालमा पहिलोपटक सभा गरेका थिए । अहिलेको ४ नं. समेतलाई समेटिएको क्षेत्रबाटै कोइरालाले २०१५ सालमा चुनाब जितेका थिए । वीपीपछि ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा पनि क्षेत्र नं. ५ मा परेका बेला दिवंगत नेता गिरीजाप्रसाद कोइरालाले चुनाब जितेका थिए ।यो क्षेत्र काँग्रेसले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा गुमायो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कोइराला परिवारकै काँग्रेसकी सुजाता कोइराला पराजित भएकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा पनि फोरम नेपालकै यादव बिजयी भए ।