धरान/वाणिज्यमन्त्री मीन विश्वकर्माले बिदेशी नेताको फोटो टाँसेर , बिदेशी झन्डा र बिदेशी भाषाको सम्बोधन गरेर कम्युनिस्टले आफुलाई सच्चा राष्ट्रवादी भन्नु नेपाली जनतालाई गुमराहमा राक्ने प्रपञ्च भएको बताएका छन् ।
लोकतान्त्रिक गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिकले सो कुरा बताएका हुन् । कामरेड शब्द नेवारी, मैथिली, नेपाली कुनै यस माटोको मौलिक भाषाबाट नआएको बताउदै मन्त्री बिकले आफ्ना सहकर्मीलाई आफ्नै मौलिक शब्दले सम्बोधनसम्म गर्न नसक्ने कम्युनिस्टहरुले आफुलाई राष्ट्रवादी भन्नु हास्यास्पद भएको बताए ।
सतचालिस सालको आन्दोलन पछि कांग्रेसले नेपालमा बिकासको जग हालेकोमा पाच वर्ष पनि काम गर्न नपाउदै माओबादीले बिकाशको जग नै भत्काउने काम गरेकाले धरानमा लगायत पुरै देश बिकास र समिद्दिबाट हिडनबाट बन्चित हुनुपरेको बताए । नेपालि कांग्रेसको नेतृत्वमा मात्र मुलुकमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको स्मरण गर्दै मन्त्रि बिश्वकर्माले मुलुकलाई बिकासिट र समृद्द बनाउन नेपालि कांग्रेसले बाहेक अरुले नसक्ने बताए ।
कार्यक्रममा भक्तराज ताम्राकारको नेत्रित्वमा नेकपा एमाले र माओबादी केन्द्रका पैतिस जना कार्यकर्ता नेपालि कांग्रेस प्रवेश गरेका थिए । नब प्रबेसिलाई नेपालि कांग्रेसका केन्द्रीय सदस्य एबम बाणिज्य मन्त्रि मिन बिश्वकर्माले कांग्रेस प्रवेश गराउनु भएको थियो ।