गौरादहमा जन्मिएका हिकमत कार्की नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य छन् । हाल झापा क्षेत्र नं. ५ उम्मेदवार (प्रदेशसभा नं. १) बनेका उनी नेकपा एमाले, माओवादी केन्द्र र राप्रपासहित संयुक्त उम्मेदवार बनेका हुन् ।
यस क्षेत्रको विकास निर्माणका लागि प्रतिबद्ध उनी सानासाना विकासका योजनादेखि ठूला योजनासम्ममा ध्यान दिएको बताउ“छन् । त्यस क्षेत्रमा कृषि कलेजको स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका कार्कीसँग ब्लाष्टखबरले गरेको कुराकानीको सम्पादित अंशः
[caption id="attachment_62585" align="alignleft" width="362"] हिकमत कार्की, संयुक्त उम्मेदवार, झापा क्षेत्र नं. ५ (प्रदेशसभा)[/caption]तपाईको उम्मेद्वारी किन र के के छन् चुनावी एजेण्डा ? यसपालिको चुनावी एजेण्डा भनेको बहुमतको सरकार निर्माणको लागि अपिल गरिरहेका छौं । नेपालको इतिहासमा कम्युनिष्टको सरकारले देशलाई सही ढङ्गले अघि बढाएका छन् । तर लामो समय काम गर्नै पाएनन् । विकास र समृद्धिका योजना पूरा हुन पाएनन्, त्यसकारण बहुमतको निम्ति गठबन्धन बनाएर निर्वाचनमा होमिएका छौं । कम्तीमा ५ वर्षसम्म स्थिर र स्थायी सरकारका लागि हामी निर्वाचनमा होमिएका हौं । गठबन्धन बनाएर अघि बढेपनि अपवित्र गठबन्धन भन्ने पनि टिकाटिप्पणी उठिरहेका छन् नि, तपाईको धारणा के छ ? गलत हो । उनीहरुले भ्रम छरिरहेका छन् । हामीले नेपालको संविधानको मातहतमा रहेर हुन गइरहेको यो निर्वाचन ५ वर्षे अवधिको लागि हुने आवधिक निर्वाचन हो । हामी यो आवधिक निर्वाचनका निम्ति हामी प्रतिस्पर्धामा छौं । हामी ५ वर्षभित्र यो मुलुकलाई एउटा विकासका संरचना पूर्णता गर्नका लागि सरकार दिन चाहन्छौं ।
हामीलाई जुन शक्तिले (नेपाली कांग्रेस) ले अधिनायकवाद यात्रा र २० वर्षे निर्वाचन नगर्ने खालको खेल भन्ने हौवा पिटाइरहेको छ, यो सही होइन । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला आम निर्वाचन स्थगित गर्ने उहाँ नै हो । २० वर्षअघि मुलुकको लोकतन्त्र राजाको पोल्टामा बुझाउने उहाँले लोकतन्त्रका निम्ति अहिले आएर यस्तो उपदेश दिएको सुहाउँदैन । हाम्रो यात्रा मुलुकको विकास र समृद्धिको लागि हो, फुटेका दलहरुलाई एकजुट बनाउनु, सामाजिक न्यायसहितको लोकतन्त्र स्थापना गर्नु नै हो । त्यसैले यस्ता भ्रम छर्न मिल्दैन । कांग्रेस अत्तालिएको मात्रै हो । प्रदेशसभा र प्रतिनिधिसभा दुवैको निर्वाचन भइरहेको सन्दर्भमा प्रदेश सरकार कहिलेसम्म सम्भव होला ? स्थायी राजधानी तोकिएको छैन, राज्यपाल तोकिएको छैन, अफिस खडा भएका छैनन्, त्यसैले माघसम्ममा यो सम्भव छ भन्ने मेरो बुझाइ छ । राजधानी कहा बन्दा उपयुक्त होला ? –तीन ठाउँको चर्चा छ । एउटा भूगोलको हिसाबले मध्य भागमा रहेको धनकुटा, बाटोको हिसाबले सुगम रहेको इटहरी साथै पुरानो तथा ठूलो सहर विराटनगर । राजधानी झापातिर आउँदा पनि चलाउने ठाउँ छन् । सबै दल बसेर निकास निकाल्नु आजको आवश्यकता हो । यो क्षेत्रको बारेमा तपाईको धारणा के छ ? यो क्षेत्र बसोबासको हिसाब, कल्चर, सामाजिक सद्भावको हिसाबले स्तरीय क्षेत्र हो । सबैले आ–अाफ्नाे डम्फु बजाइरहेका छन् तपाईको जित यसरी नै सुनिश्चित हुन्छ भन्ने के छ ? स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीले यो क्षेत्रमा विजय हासिल गरेको थियो । त्यसमा अहिले माओवादी केन्द्र, राप्रपा जोडिएपछि अझै सहज हुने देखेको छु । उहाँहरुलगायत हामी पनि प्रतिबद्ध भएर लागेका छौं । म यही क्षेत्रमा जन्मेको, हुर्केको, समाजसेवा, राजनीति गरेको र अहिलेसम्म सानासाना विकासका योजनादेखि ठूला योजनासम्ममा ध्यान दिएको छु । भर्खरै हामीले कृषि कलेजको स्थापना गरेका छौं । यी सबै काममा मेरो सक्रियता र उपस्थिति छ । कृषि कलेजको स्थापनामा मेरो नेतृत्वदायी भूमिका छ । त्यसैले इमान्दार राजनीतिक कार्यकर्ता भएकोले पनि मेरो जित सुनिश्चित छ भन्ने लाग्छ । कृषि कलेजको कुरा गर्नुभयो, कृषि कलेजको उद्देश्यचाहि के थियो ? दुईवटा उद्देश्य छन् । यो क्षेत्रको कृषिको उर्वर भूमि हो । यहाँ व्यवसायिक कृषि, व्यवसायिक पशुपालन, व्यवसायिक माछापालन ठूलाठूला सम्भावना छन् । त्यसैले सरकारी लगानीको कृषि कलेजको स्थापना गरेका हौं ।
यो क्षेत्र कृषिको पकेट एरिया र कृषिको विकसित ठाउँको रुपमा विकास गर्न लागेका छौं । चितवन पूर्व कही छैन यस्तो कलेज । यस्तो कलेज स्थापना गर्न सबै दलसँगको छलफलपछि सबै उत्साहित भएर यो कलेज ल्याएका हौं । यसलाई कृषिको व्यवसायिक क्षेत्रको रुपमा विशेष पकेट एरियाको रुपमा विकसित गर्दैछौं । अन्त्यमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ? म विकासको पहल गर्न सक्ने, इमान्दार राजनीतिक कार्यकर्ता हुँ । म अहिलेसम्म यस क्षेत्रको विकास निर्माणमा प्रतिबद्ध छु । आदरणीय दाजुभाइ, दिदीबहिनीहरुमा यसैले पनि म अपिल गर्दछु ।
म प्रदेशसभामा निर्वाचित भएर गएपछि यहाँका विकास निर्माणका योजनाहरुलाई प्राथमिकताका साथ पूरा गर्दै जाने र ५ वर्षभित्र यहाँका विकासका संरचनाहरू बनाइसक्ने र यस क्षेत्रलाई विकसित क्षेत्र बनाउने मेरो उद्देश्य रहेको छ । यसका निम्ति म मतदाताहरुलाई के अपिल गर्छु भने मलाई सूर्य चिह्नमा मतदान गरी विजय गराउनहुन निवेदन गर्दछु ।