धरान । वाम गठन्धनका उम्मेद्धवार सुनसरी क्षेत्र नं ं१ “क” तर्फका उम्मेद्धवार प्रदीप भण्डारीले सेहरा खोला र सेउती खोला आसपास वसोबास गर्नेहरुलाई   सुरक्षित वसोवास गराउने ग्यारेण्टी गरेका छन् ।

भण्डारीले शुक्रबार विहान खोला पीडितहरुसँग सो कुराको प्रतिवद्धता जनाएका हुन ।उनले वर्षेनी खोलाबाट पीडित वनेकाहरुले आगामी २ वर्षभित्रमा खोलाबाट सुरक्षित भएर वसोवास गर्न पाउने ग्यारेण्टी नै गरेका छन । धरान वडा नम्वर ५ मा वसोवास गर्नेहरु वर्षेनी खोलामा आउने वाढी र पहिरोले पीडित वनेको भन्दै  २ वर्ष भित्र नै ढुक्क भएर निदाउने दिन आउने विस्वास दिलाए ।

स्थानीयहरुले पनि उम्मेद्धवार भण्डारीको प्रतिवद्धतालाई पुरा गर्न अपेक्षा गरेको बताए । धरान उपमहानगर ५ का मन प्रसाद लिम्वुले अहिले सम्म खोला नियन्त्रणको लागि बोल्ने र विस्वास दिलाउने नेता पहिलो पटक गाउँमा आएको बताए ।लिम्बुले वर्षौदेखि स्थानीय सेउती खोला , अधेरी खोला र सेहरा खोलाबाट पीडित वन्दै आएबो वताएका छन् । उम्मेद्धवार भण्डारीले भने , “खोला मात्रै यो क्षेत्रको समस्या होइन , यहाँ वसोवास गर्नेहरु अधिकाँस सुकुम्वासी समेत भएकाले सुकुम्वासीलाई व्यवस्थित गरी जमीनको मालिक समेत वनाउनेछु । “उनले थपे अव धरान उपमहानगर भित्र वसोवास गर्नेहरु कोही पनि जग्गा विहीन , घरबार विहीन हुनु पर्दैन , कोही भोकै मर्नु पर्दैन ,त्यसका लागि वाम गठवन्धनको सरकारले  जनताको वाँच्न पाउने , वस्न पाउने अधिकारको ग्यारेण्टी गर्नेछ । ”

त्यस क्षेत्रमा वसोवास गर्नेहरुका लागि खोला नियन्त्रण र सेउती , अधेरीमा पुल वनाएर धरान आवात जावत सहज  र सुरक्षित वसोबास गराउने पहिलो आवस्यकता हो । यस अघि साउन २७ गते आएको वाढी र पहिरोबाट वडा नम्वर ५ देउराली , खरैनी आसपासमा वसोवास गर्नेहरु पीडित वने । दर्जनौको घरबारी वगाएर कन्तविजोग समेत वनाएको देउरालीका गणेश लिम्वूले बताए । उम्मेद्धवार भण्डारीलाई स्थानीय अगुवाहरुले अधेरी खोला र सेउती खोलामा पुल निर्माणको काम लाई अघि वढाउन समेत माग गरेका छन् । भण्डारीले कार्य अवधिभित्र नै खेैरेनी र देउरालीमा वसोवास गर्नेहरु खोलाबाट समस्या मुतmी  गराउने समेत आस्वासन दिए । वाम गठवन्धको चुनाबी गठवन्धनको मतादातासँगको घरदैलो अभियानमा माओबादीकी समानुपातिक उम्मेद्धवार चेतना श्रेङ्ग, नेकपा एमाले धरान उपमहानगर विशेष इलाका कमिटीका सचिव राजमणि निरौला , नेपाल यातायात  स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम राई ज्वाला लगायत नेता तथा कार्यकर्ताको उपस्थितीमा मतदातासँग घरदैलो गरिएको थियो ।