शनिश्चरे/ झापाको दमक ३ स्थित ढुकुरपानी माद्यामिक विद्यालय अगाडि फेला परेको बम नेपाली सेनाले निष्कृय पारेको छ । बुधबार बिहान ४ बजे फेला परेको सो बम कमलस्थित तोपगाछिमा रहेको २१ नम्वर बाहिनीवाट बम डिस्पोजल टोली आएर निष्कृय पारेको क्याप्टेन पुरबहादुर घलेले जानकारी गराए । त्यो क्यान बम रहेको र त्यसलाई इलोक्ट्रोनिक सर्किट र दुईवटा डेटोनेटरलाई छुवाएर डिस्पोज गरिएको सेनाले जनाएको छ । उता, हिमालय माद्यामिक विद्यालयमा र सरस्वती माद्यामिक विद्यालय मतदान केन्द्रको छेउमा भने संकास्पद बस्तु मात्र रहेको क्याप्टेन घलेले बताए । मंगलबार राती १०:३० बजे संकास्पद बस्तु भेटिएपछि बिहान सेनाको टोली गएर निष्कृय पारेको थियो । ४ इन्च लम्बाई र गोलाईको आकारमा टेपले बाँधेको अवस्थामा भेटिएको सो बस्तु परिक्षण गर्दा होक्स मात्र रहेको सेनाले जनाएको छ । त्यसैगरी, सरस्वती माद्यामिक विद्यालयमा ३ इन्च लम्वाई र १ इन्च गोलाईको आकारमा भेटिएको सो बस्तु पनि सुरक्षीत साथ परीक्षण गर्दा होक्स नै रहेकोले कुनै खतरा नभएको जनाइएको छ । चुनाव अघि यसरी मतदान केन्द्रमै बम र संकास्पद बस्तु भेटिएपछि प्रहरीले सुरक्षा व्यवस्थालाई झन मजबुत बनाउने इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिपक गिरीले जनाएका छन् ।