विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका – ६ मुलगाउँका  डम्बर बराईली उत्साहित भएर सबेरै उठेर आफ्नो मतदान स्थलको पुगेर मतदान गरे । स्थानिय जनसेवा उच्च माविको प्रङगणमा मतदान केन्द्र रहेको स्थलमा पुगेर मतदान गरेपछि बराइली उत्साही मुन्द्रामा देखिन्थे । ‘निर्वाचन ऐतिहासिक हो, त्यसैले आफ्नो अधिकारको सदुपयोग गर्दै मतदान गरे,’ उनले भने, ‘मैले मतदान गरेको भोट मुलुक स्थिरता छाहोस् । विकास होस् । हाम्रो भोटले जित्ने उम्मेदवारले हाम्रो ठाउँको विकास गरिदिएको हेर्ने इच्छा छ ।’

निर्वाचनपछि मुलुकमा स्थिरता र संविधान कार्यान्वयन हुने भन्दै मतदाता बिहीबार भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा  मतदान गर्न आतुर भएको देखिन्थे । बराइसँगै मतदान गरेर मतदानस्थलबाट निस्केका कानेपोखरी गाउँपालिका ६ का सन्चु सेन्चुरीले विकास हुने विश्वासमा भोट हालेको बताइन् । ‘घर अगाडीको सडकहरु खाल्टो नै खाल्टो छ, उनले भनिन्, ‘मैले दिएको भोटले विकास हुनेछ भन्ने आश गरेको छु ।’ ‘सुगम जिल्ला भए पनि विकासमा पछि परेको छ,’ हाम्रो गाउँपालिका ।  उनी भन्छिन्, ‘चुनावपछि स्थिरता कायम भएर विकास हुने विश्वास जागेको छ ।’ सोही गाउँपालिका पदम कुमार श्रेष्ठले हामिले दिएको मतले जितेका प्रतिनिधिले हाम्रो गाउँको सकुम्बासी समस्या अन्त्य हुने आश गरेको बताए । ‘घोषणा पत्रमा पनी उम्मेदवारहरुले सुकुम्बासी समस्या हल गर्ने उल्लेख गरेका छन्,’ श्रेष्ठ भन्छन्, ‘जितेर गएका प्रतिनिधि गरेको बाचा हामीले हेर्न पाउ ।’ सोही गाउँपालिका ६ नम्बर वडाका विमला भट्टराई नदी कटान, बाढीबाट बर्सेनि पैदा हुने त्रास अन्त्य हुने आशा व्यक्त गर्छिन् । योग्य र इमानदार नेताले जिते केही गर्लान् कि भन्ने आशाले भोट हालेको उनले बताइन् । हुलाकी सडक कालोपत्रे, उच्च शिक्षा, सहरी र ग्रामीण क्षेत्रका सडक कालोपत्रे र उद्योग कलकारखानाजस्ता आवश्यकता जितेर गएका प्रतिनिधिले पूरा गरिदिनुपर्ने यस क्षेत्रका भोट दिएका मतदाताहरुको भनाई छ । मोरङका ३ नम्बर निर्वाचन क्षेत्रमा कानेपोखरी गाउँपालिका पर्दछ । यस क्षेत्रबाट ६० प्रतिशित मत खसेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जानकारी दिएको छ ।