काँग्रेसको गढ रहेको मोरङ क्षेत्र नम्बर ७ मा नेकपा एमालेका पोलिटब्यूरो सददस्य लालबावु पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई ६ सय ७५ मतले पराजित गरी एमालेका पण्डित विजयी भएका हुन् । कोइरालाले ३३ हजार २ सय ६६ मात्र मत ल्याए । सामन्य प्रशासन मन्त्री बनेको बेला पण्डित डिभी र ग्रिनकार्डका विषयमा लिएको अडानका कारण राष्ट्रिय राजनीतिको मुल धारमा प्रवेश गरेका हुन् ।  निर्वाचित भएपछि मण्डलसँग ब्लाष्टको लागि विराटनगरबाट अनिल श्रेष्ठले गरेको कराकानी :

 काँग्रेस गढ रहेको निर्वाचन क्षेत्रमा विजयी हुनुभएको छ । कस्तो अनुभुति भइरहेको छ ? म मात्र खुसी भएको छुईन यो मेरो जीतमा सबै जनता खुसी भएका छन् । यो खुसीलाई जनतासमक्ष  चुनावी अभियानमा मैले घोषणा गरेको प्रतिबद्धताहरु कार्यन्वयन गर्नेतर्फ अब उन्मुख हुनेछु । जनताको शिर उच्च पार्ने कामहरु गर्नेछु । काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्नुभएको छ । नेता कोइरालालाई केही भन्न चाहनुहुन्छ ? चुनाव हो प्रतिस्पर्धा त भइहाल्छ । प्रतिस्पर्धाबाट जितेको हुनाले म उहाँलाई चुनावमा भएको गतिविधिलाई बिर्सिएर देश र जनताको को निम्ति सँगै मिलेर अगाडी बढन आग्रह गर्दछु । निर्वाचित संसदको हैसियतले आफ्नो निर्वाच क्षेत्रमा कस्ता –कस्ता विकासको योजनाहरु ल्याउनुहुन्छ ? समृद्ध विराटनगर महानगरपालिका बनाउने र यस महानगरपालिकालाई १ नम्बर प्रदेशको राजधानी बनाउने देखि सुनसरी मोरङ सिचाइ योजनाको नहरलाई बाइपास रोडको रुपमा अगाडी बढाउनेछु । विराटनगर औद्योगिक नगरी भएको हुनाले यस महानगरपालिकालाई शैक्षिक र स्वास्थ्य केन्द्रलाई हवको रुपमा विकास गर्ने योजना छ । त्यस्तै रोजगारी सृजना गर्ने उद्योग, कलकाराखनाहरु पूर्ण रुपमा क्षमता वृद्धी गर्दै नयाँ उद्योग स्थपना गर्न ध्यान केन्द्रीत गर्नेछु । सुकुम्बासी समस्या सावधान र अबेवस्थीति बसोवास रहेको क्षेत्रलाई व्यवस्थीत पार्नेतर्फ उन्मुख हुनेछु । यस क्षेत्रका सुकुम्बासी समस्या अन्त्य गर्नको लागि जनता आवस कार्यक्रम ल्याउनेछु । गरिबहरुले पनि पक्की घरमा बस्ने व्यवस्था र अन्य  मैले गरेको प्रतिबद्धताहरु लागु गर्ने खालको योजनाहरु ल्याउनेछु ।  अन्य दललाई कसरी समेटिएर अगाढी बढनुहुन्छ ? म जनताको प्रतिनिधि भएको हुनाले म एउटा पर्टीको मात्र प्रतिनिधि होइन् । यस अघि म एउटा पार्टीको उम्मेदवार थिए ।  जनताको अभिमतले म  प्रतिनिधि भएको छुँ  । म सबै जनताको प्रतिनिधि हुँ ।  अन्त्यमा केही भन्न चाहनुहुन्छ   ? मलाई विश्वास गरि विजयी गराउनुहुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद व्यत गर्दछु । तपाईको शिर ठाडो पार्ने खालको नै काम गर्नेछु भन्ने विश्वास दिलाउनेछु ।