ताप्लेजुङ/ ताप्लेजुङबाट प्रतिनिधिसभामा बिजयी भएका नेकपा एमालेका सचिव तथा युवा नेता योगेश भट्टराईले अबको प्रतिपक्षी दललाई सम्मानीत व्यवहार गर्ने बताए ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका केसब प्रसाद दाहाललाई फराकिलो मत अन्तरले पराजित गरेका भट्टराईले शनिबार सञ्चारकर्मि सँग कुराकानि गर्दै एमाले प्रतिपक्षमा भएको समयमा दिए जस्तो दुख अबको बाम गठबन्धनको सरकारले नदिने बताए ।
देशभर बाम गठबन्धनको लहर आएको र अबको पाँच बर्ष राजनितिक प्रतिसोध साध्ने नभई काम गरेर देखाउने समय भएकाले प्रतिपक्षि दललाई पनि सँगै लिएर हिड्ने वातावरण बनाउने उनको भनाई थियो ।
ताप्लेजुङमा बाम गठबन्धनले प्रदेशसभा तर्फ सबै क्षेत्र र प्रतिनिधी सभा जिते पनि पराजित उम्मेदवार सँग सहकार्य गर्दै जिल्लाको विकासमा आफ्नो ध्यान केन्द्रित गर्ने भट्टराईको भनाई छ । आफुले घोषणा पत्रमा उल्लेख भए अनुसार ५ बर्ष भित्रमा ताप्लेजुङलाई देशकै नमुना जिल्ला बनाउने दावि समेत भट्टराईको रहेको छ ।
ताप्लेजुङका मतदाताहरुलाई धन्यबाद दिदै विजयी भट्टराईले आफुले मतदाताहरु समक्ष आश्वासन दिएका कुरा पुरा गरेरै छाडने दाबी गरे । शनिबारनै मुुख्य निर्वाचन अधिकृतको कार्यालयले विजेता उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।
प्रतिनिधिसभामा एमाले केन्द्रिय सचिव भट्टराईले २९ हजार ४७९ मत ल्याएर बिजयी बनेका हुन् । उनका निकतम प्रतिश्पर्धी नेपाली काग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए ।