विराटनगर । विराटनगरमा रहेको डिएवी स्कूलले बिराटनगर – १६ स्थित दरहैया बस्तीका बाढी पीडित जाडोको न्यानो कपडा वितरण गरेको छ ।

स्कूलले शनिबार एक कार्यक्रम आयोजना गरी बाढी पीडितहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

कठ्याग्रीलो जाडोबाट राहत पु¥याउने उद्देश्यले स्कूलले बाढी पीडितलाई राहत वितरण गरेको स्कूलका प्रिन्सिपल रमेश कुमार मिश्रले जानकारी दिए । उनका अनुसार बाढी पीडितहरुलाई करिब १ लाख मूल्य बराबरको न्यायो लुगा वितरण गरेको बताए । राहत वितरण कार्यक्रममा स्थानीय व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार शर्मा, स्कूलका प्राचार्य रमेश कुमार मिश्र, विद्यालय व्यवस्थापन समितिका सदस्य डा. राज कुमार अग्रवाल, गायक रामा मण्डलले बाढी पीडितहरुलाई कपडा वितरण गरेका थिए ।

स्कूलले पुरूषहरूको लागि ५० थान ट्रेक सुट, महिलाहरूको लागि ३५ थान ऊनको शल तथा काखे बालबालिका लागि ४० थान न्यानो भेष्ट र ट्राउजर वितरण गरेको थियो । डिएवी स्कुलले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै सो कार्यक्रमको आयोजना गरेको बताइएको छ ।