[caption id="attachment_65954" align="aligncenter" width="1200"] फाइल तस्बिर[/caption]

इटहरी । मुख्य राजमार्गमा सञ्चालित विद्युतीय रिक्सा व्यवस्थापनका लागि सुझाव समिति गठन गरिएको छ । इटहरी उपमहानगरपालिकाको पहलमा शनिबार बसेको सर्व पक्षीय भेलाले इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा सिटी सफारी चालक संघमा आबद्द भएका र मजदुर नेताहरु गौरी लामा, गोपाल विष्ट तथा गणेश कार्की छन् । यस्तै, नागरिक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल, उद्योग वाणिज्य संघ र ट्राफिक प्रहरी कार्यालयबाट एक जना प्रतिनिधी सदस्य रहने छन् । सो समितिले सात दिन भित्र प्रतिवेदन बुझाउने निर्णय भएको छ । तत्कालको लागि इटहरी मुख्य चौक पूर्वमा ट्याग्ग्राहा खोला, पश्चिममा माता मनकामना, दक्षिणमा गोल्डेन चौक र उत्तरमा नेपाल बैंक भित्रको क्षेत्रमा खाली विद्युतीय रिक्सा सञ्चालन नगर्ने सहमति भएको छ । छलफलमा सहभागी सुनसरी क्षेत्र नम्वर ३ क का प्रदेश सदस्य लिलम बस्नेतका अनुसार सात दिन पछि समितिको प्रतिवेदनका आधारमा थप आधार तयार गरिने छ । प्रदेश सदस्य बस्नेतका अनुसार विरामी तथा मालबाहक विद्युतीय रिक्सालाई भने सो क्षेत्रमा प्रवेशमा रोग लगाइने छैन ।

इटहरी उपमहानपालिकाका मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा विद्युतीय रिक्सा चालकका संगठनका प्रतिनिधि, उद्योग वाणिज्य संघ तथा सरोकारवालाको बैठकले सो सहमति गरेको हो । इटहरीमा मुख्य राजमार्ग बाहेकको इजाजत लिएर दुई हजार पाँच सय बढी विद्युतीय रिक्सा दर्ता भए पनि बाटोको समस्याका कारण लिएको रुटमा सञ्चालन गर्न नसक्ने विद्युतीय रिक्सा चालकहरुले बताएका छन् । राजमार्गमा गुड्न रोक लगाएको बिरोधमा शुक्रबार दिउँसो इटहरीमा चालकले यातायात अबरुद्द गर्दा प्रहरीले लाठीचार्ज र अश्रृग्यास प्रहार गरेलगतै शनिबार बसेको सर्वदलीय बैठकले समिति गठन गरि खुकुलो गरेको हो एक बर्षअघि पनि ट्राफिक प्रहरीले मुख्य राजमार्गमा गुड्न रोक लगाएलगतै सिटी सफारी चालकले आन्दोलन चर्काएपछि निर्णय कार्यान्वयन भएको थिएन् ।

शुक्रबार मुख्य राजमार्गमा विद्युतीय रिक्सा चलाउन पाउन पर्ने माग गर्दैैै आन्दोलनमा उत्रिएका विद्युतीय रिक्साचालकलाई प्रहरीले वल प्रयोग गरेर मुख्य सडकबाट हटाएको थियो ।

मुख्य राजमार्ग क्षेत्रमा पार्किङ्ग गर्न नपाईने पनि सहमति भएको छ । उपमहानगरपालिकाको पहलमा भएको छलफलले यातायात ब्यवस्था कार्यालयबाट प्राप्त रुट परमिट अनुसार चलाउनुपर्ने सहमती भएको छ । ईटहरी उपमहानगरपालिकाको सक्रियतामा भएको सो छलफलमा प्रदेशसभाका नवनिर्वाचित साँसदहरु सर्वध्वज साँवा, लिलम बस्नेत, ट्राफिक प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका नेताहरु, मजदुर सङ्घ सङ्गठनका प्रतिनिधि, यातायात ब्यवस्था कार्यालयका प्रतिनिधि लगायतको सहभागिता थियो ।

यता, पूर्वमा सिमित विद्युतीय रिक्सा चालकसँग मात्रै चालक अनुमति–पत्र रहेको छ । पूर्व क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले ९० प्रतिसत विद्युतीय रिक्सा चालकहरुसँग चालक अनुमति पत्र छैन । यातायात व्यवस्था कार्यालयले नियमिति रुपमा चालक अनुमति पत्रको आह्वान नगर्दा यो समस्या भएको हो । दुई बर्षअघि पनि जिल्ला प्रशासन कार्यालय सुनसरीले तत्कालिन सहायक प्मुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलको नेतृत्वमा जिल्लाभरका समस्या समाधान गर्न समिति बनाएको थियो । तर, त्यो समितिले कुनै पनि काम गर्न सकेन ।