इटहरी/ दुहवीमा सम्पन्न अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा इटहरीको मकालु बोर्डिङ स्कुल पहिलो भएको छ । दुहवीको महेन्द्र मेमोरियल एकेडेमीमा प्याव्स्न सुनसरीले आयोजना गरेको सो प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई पछि पार्दै मकालु पहिलो भएको विजेता स्कुलका प्रिन्सिपल थानेश्वर ढकालले बताए ।
यस्तै इटहरीको युनिभर्सल बोर्डिङ स्कुल दोस्रो भएको थियो भने पञ्चायन विद्यामन्दिर बक्लौरीले तेस्रो स्थान हात पारेको थियो । प्रतियोगितामा पाथिभारा बोर्डिङ स्कुल इटहरी डिपोट स्कुल धरानले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्याव्सन केन्द्रीय उपाध्यक्ष शंकर थापासहित अन्य अतिथिहरुले विजेता विद्यालय र विद्यार्थीहरुलाई रनिङ शिल्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए । यम गुरुङ र शारदा शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।