धरान/कृषि इन्जिनियरिङ चौथो वर्षमा अध्ययरत पदमरञ्जन चौधरीको दोहोरो भर्ना शुल्क फिर्ता नगरेको विरोधमा विद्यार्थीहरुले पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको मूख्य प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । [caption id="attachment_66648" align="alignnone" width="979"] क्याम्पस प्रशासनकाे मूख्य गेटमा विध्यार्थीद्वारा गरिएकाे तालाबन्दी । तस्बिरः भाेजराज[/caption] विभिन्न विद्यार्थी संगठन र कृषि इन्जिनियरिङ विभागमा अध्ययरत विद्यार्थीहरुले प्रशासन कक्षमा सोमबार साढे १० बजेदेखि तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण प्रशासनको गतिविधि ठप्प बनेको छ । चौधरीले क्याम्पस प्रशासनलाई बारम्बार जानकारी गराउँदा पनि शुल्क फिर्ता नगरेकाले बाध्य भएर प्रशासनमा तालाबन्दी गर्नुपरेको विद्यार्थी संगठनको भनाइ छ । चौधरीले दोस्रो वर्षमा दोहोरो भर्ना शुल्क बुझाएका थिए । समाजवादी विद्यार्थी फोरम, नयाँ शक्ति विद्यार्थी युनियन र नेपाल तराई विद्यार्थी संघ साथै विभागका विद्यार्थीहरुले संयुक्त रुपमा तालाबन्दीमा उत्रिएका हुन् । माग पूरा नभइञ्जेलसम्म तालाबन्दी नखुल्ने उनीहरुले टाँस गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उनीहरुले प्रशासनको कमजोरीका कारण समस्या सिर्जना भएको आरोप छ । विद्यार्थीहरुले चौधरीको भर्ना शुल्क फिर्ता वा कुनै अर्को सेमेष्टरमा रकमान्तर गर्नु पर्ने एकसुत्रीय माग राखेका छन् । यता क्याम्पस प्रमुख जितेन्द्र चौधरीले विद्यार्थीको समस्याको विषयमा डिन कार्यालयमा लिखित पत्र पठाइसकेको र यो समस्याको समाधान डिन कार्यालयबाट मात्रै हुन सक्ने बताए । उनले भने, ‘दोस्रो वर्षको दोस्रो खण्डमा परीक्षा फर्म ढिला गरी भरेकोले परीक्षा नियण्त्रण महाशाखाले एक्सेप्ट गरेन, एक्सेप्ट नगरेपछि हाम्रो नियममा नियमित विद्यार्थीबाट उ हट्यो । फेरि, उसले डिन कार्यालयबाट भर्ना गरेर आयो ।’ उनले यस्तो समस्या यस अघि नआएकाले यो समस्या फुकाउने दायित्व डिन कार्यालय रहेको बताए । उनले यस विषयमा डिन कार्यालयसँग कुरा गरिरहेको बताए । ‘यो समस्या सामाधान गर्न डिन कार्यालयको विकल्प छैन्’ उनले भने, ‘डिन कार्यालयले अर्को सेमेस्टरमा मिलाई देउ भनेर चिठी पठाएमा हामी मिलाइदिन्छौं ।’ यसैबीच आर्किटेक्चर विभाग तेस्रो वर्ष पहिलो खण्डका विद्यार्थीहरुले पनि थप तालाबन्दी गरेका हुन् । आर्किटेक्चर अध्ययन अध्यापनका विषयमा देखा परेका समस्याहरु प्टक पटक क्याम्पस प्रशासनलाई जानकारी गराउँदासमेत वेवास्ता गरेकाले तालाबन्दीमा उत्रिनु परेको जनाएको छ । उसले क्याम्पस प्रशासनले आफैले तोकेको समयसीमा तोकेर विद्यार्थीहरुलाई अल्झाउने प्रयास भएकाले तालबन्दी गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।