पथरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ ले ५२ जना अध्ययनरत विद्यार्थीलाई छात्रवृती वितरण गरको छ । मंगलाबार वडा नं. २ को वडा कार्यालय केरौनमा एक कार्यक्रमको आयोजना गरी वडाबाट रमाइलो बहुमुखी क्यामपसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई छात्रवृती वितरण गरेको हो । कक्षा ११ का २१ जनालाई ५० हजार ८ सय, कक्षा १२ का २० जनालाई ७७ हजार २ सय र स्नातक तहका ११ जनालाई ६३ हजार गरी जम्मा १लाख ९१हजार छात्रवृत्ती वितरण गरेको हो । विद्यार्थीहरुलाई ६ महिना देखि एक बर्ष सम्मको छात्रवृत्ती दिदै प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाको प्रमुख ताराबहादुर काफ्ले र वडाध्यक्ष सुशिल बुढाथोकीले सो बरावरको प्रमाण पत्र वितरण गरेका थिए । वडा कार्यालयले विद्यार्थीहरुले पाएको छात्रवृत्ति बराबरको रकम क्याम्पस मै जम्मा गरिदिने वडाध्यक्ष सुशिल बुढाथोकीले कार्यक्रममा बताए । कानेपोखरी गाउँपालिका वडा नम्बर ७ मा २०५४ सालमा स्थापना भएको क्याम्पसमा अहिले ३२५ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । आर्थिक बर्ष २०७४÷०७५ को गाउँसभाले ‘रमाइलो क्याम्स भौसाबारी पढौ, छात्रवृत्ति पाई अगाडी बढौँ’ भन्ने शिर्षकमा बजेट स्वीकृत गरेको थियो । त्यतीमात्र होइन वडा कार्यालयले वडाको प्रत्येक सुत्केरीलाई गाउँपालिकामा रहेका स्वास्थचौकीमा प्रसुती गरे वापत रु १ हजार भक्तारुप दिने निर्णय गरेको छ । कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, र कार्यक्रमको सभापती वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी रहेका थिए । कार्यक्रम संचालन वडासचिव टिका प्रसाद पौडेलले गरेका थिए ।