भद्रपुर । नेपाल जापन मैत्री संघले एक सय २६ जनालाइ जाडोको न्यानो कपडा बितरण गरेको छ । केहि दिन देखि पुर्वसहित झापा जिल्लामा चिसो बढेसँगै विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई संघले जाडोको न्यानो कपडा बितरण कार्य सुरु गरेको हो । संघले भद्रपुर ३ स्थित चन्द्र भानु माविका २१ जना विद्यार्थी, भद्रपुर ५ स्थित पशुपती प्राविका २० जना र जनकल्याण माविका १५ जना विद्यार्थीलाई सुइटर वितरण गरेको संघले जनाएको छ । साथै तीन वटै विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरेका छन् । त्यसैगरी बाह्दशी गाँउपालिका स्थित डिकलबारीका ७० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका छन् । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यतामा उनीहरुलाई कम्बल वितरण गरेको संघका अध्यक्ष राधा कार्कीले बताइन् । नेपाल–जापन मैत्रीसंघका जिल्ला अध्यक्ष तथा महिला नेतृ कार्कीसहित टोलीले सामुदायिक विद्यालयमा अध्ययरत गरिब विद्यार्थी तथा अति पिछडिएका ज्येष्ठ नागरिकलाई सुइटर तथा कम्बल वितरण गर्दै आइरहेका छन् ।