धरान/सरस्वती बाल आश्रमले दुई किशोरलाई उमेरहदका कारण पुनस्र्थापना गरेको छ । शुक्रबार एक कार्यक्रम गरी चिरञ्जिवी भण्डारी र विजय राईलाईलाई पुनस्र्थापना गरेको हो । उनीहरुलाई आफन्तको जिम्मा लगाइएको आश्रमकी अध्यक्ष नैनाकला न्यौपानेले बताइन् । भण्डारी २०६३ सालदेखि आश्रम बस्दै आएका थिए भने राई २०६७ सालदेखि आश्रममा आश्रित थिए । उनीहरुले शिक्षा सदन माविबाट एसईई उर्तीण गरेको कार्यालय सचिव पूर्णप्रसाद फुँयालले बताए । भण्डारी हाल पब्लिकमा र राई एम्स एकेडेमीमा कक्षा १२ मा अध्ययनरत छन् । आश्रमले बालबालिकाको उमेर पुगेपछि पुनस्र्थापना गर्ने गरेको छ । हाल आश्रमममा २५ जना बालबालिकाहरु आश्रित छन् ।