चक्रघट्टि । स्वर्गीय बुबाको स्मृतिमा साविक महेन्द्रनगरमा रहेका पाँच वटा बिद्यालयका विद्यार्थीलाई स्कुल पोशाक लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । लायन्स क्लव अफ सुनसरी कोशी रिबर र लायन्स क्लव अफ विराटनगर इनोभेटिभको आयोजनामा सुनसरीको बराह नगरपालिकामा सामा वितरण गरिएको हो । २०१४÷१५ का गर्भनर भिम घिमिरेले स्वर्गीय पिता मीत्रलालको स्मृतिमा सामाग्री वितरण गरिएको क्लबले जनाएको छ । लायन्स क्लव अफ सुनसरी कोशी रिबरका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता तथा स्वर्गीय घिमिरेकी माता दक्ष रुपाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ विराटनगर इनोभेटिभकी अध्यक्ष भगवती कालिकोटे लगायतका ब्यक्तिको सहभागिता रहेको थियो । क्लबले बराह नगरपालिकाका सप्तकोशी आधारभुत , शिशु ज्योति नि.मा.बि , भानु नि.मा.बि, महेन्द्र मा.बि, बसन्त त्रतु मा.बिका बिद्यालय प्रथमलाई जनही १ हजार र पोशाक त्यस्तै कक्षागत रुपमा प्रथम हुनेलाई पोशाक साथै शैक्षिक सामगी्र बितरण गरीएको छ । सबै बिध्यार्थीहरुले शिक्षाको पहुच पाउन सकुन भन्ने उदेश्यले अंगेजी शब्दकोश लगायतका कथा कबिताका पुस्तकहरु बिद्यालयका पुस्तकालयमा राखिएको छ । सामुदायिक बिध्यालयमा अध्ययनरत छात्र छात्राले गरीबिका कारण शिक्षाबाट बञ्चित रहनु नपरोस ,परिवारको नाजुक अवस्था रहेका बिध्यार्थीको क्षमतालाई उजागर गर्ने उदेश्यले आफुले बिगत ७ बर्ष देखि आफ्नो स्वर्गीय बुबा मित्रलाल घिमिरेको स्मृतिमा हरेक बर्ष साबिक महेन्द्रनगरका सामुदायिक बिद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीलाई स्कुल पोशाक, शब्दकोशहरु लगायतका शैक्षिक सामगी्रहरु बितरण गरिएको पुर्व गर्भनर घिमिरेले बताएका छन् । आगामी दिनमा अन्य सामुदायिक बिध्यालयका बिध्यार्थीलाई पनि समेट्ने घिमिरेले बताएका छन् । घिमिरेको पहलमा लायन्स क्लवद्धारा विगत १५ महिनादेखि १ करोड १५ हजार बराबरको स्वास्थ्य सामगी्र ल्याब, एक्सरे मेसिन, भिडियो एक्सरे मेसिन , प्याथोलोजी लगायतका स्वास्थ्य सामगी्र स्वास्थ्य चौकी महेन्द्रनगरलाई हस्तान्तरण गरीएको थियो । बिभिन्न प्राबिधिक कठिनाईका कारण सन्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सामगी्र ४ महिना देखि सन्चालनमा आइरहेको छ । यहाका सर्बसाधारणले स्वास्थ्य सेवा बाट बञ्चित हुन नपरोस ,स्वास्थ्य सेवा सहज, सरल र सर्वसुलभ रुपले प्राप्त गर्न सकुन भन्ने उदेश्यले यस क्षेत्रको लागी आफुले पहल गरेको घिमिरेले बताएका छन् । लायन्स क्लव अफ सुनसरी कोशी रिबरको पहलमा २ बर्ष देखि साप्ताहिक रुपमा विभिन्न स्वास्थ्य शिबिर, बार्षीकरुपमा जाडोको कपडा ,अपाङ्ग , अशक्तलाई हुइल चियर,बैशाकी बितरण ,कोशी पारी चिलैया टापुमा रहेका निम्न आर्थिक अवस्था भएका ब्यक्ति साथै उनीहरुका केटाकेटीलाई शैक्षिक सामगी्र, खाध्यान्न लगायतका सामगी्रहरु बितरण गरेको ,सामुदायिक बिध्यालयका निम्न आर्थिक , जेहेन्दार बिध्यार्थीलाई शैक्षिक सामगी्र बितरण गर्ने , निम्न आर्थिक अवस्था भएकालाई बिशेष पा्रथमिकता दिदै सहयोग गर्दे आइरहेको अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिएका छन् ।