धादिङ/फेसबुकको कुलतमा फसेको भन्दै धादिङको एक बिद्यालयले चार बिद्यार्थीलाई निष्काशन गरेको छ।

धादिङबेशीस्थित बाल मन्दिर माविले चार बिद्यार्थीलाई निष्काशन गरेको हो। कक्षा ८ मा पढ्ने सिर्जना गुरुङ, दुर्गा सुनुवार, बिष्णु श्रेष्ठ र सूर्य थापा मगरलाई निष्काशन गरेको हो। पटक पटक चेतावनी दिदा पनि नसुध्रिएपछि निष्काशन गरिएको प्रिन्सिपल कमला श्रेष्ठले बताइन्।

फेसबुक चलाएकै आधारमा एक बिद्यार्थीमाथि शिक्षिकाले कुटपिट समेत गरेकी छिन्। कक्षा ८ मा अध्ययनरत दुर्गा सुनुवारमाथि शिक्षिकाले कुटेकी हुन्।  पटक पटक चेतावनी दिदा पनि नमानेपछि उनलाई पनि कुटपिट गरी निष्काशनको निर्णय गरिएको छ। तर, अभिभावकले भने बिद्यालयले अन्याय गरेको बताएका छन्।

नेपाल लाइभ