विजयपुर । धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले धरानलाई फुलबारीको शहर बनाउने कार्य सुरु भई सकेको बताएका छन् । विहिबारबाट धरानमा सुरु भएको दोश्रो पुर्वान्चल पुष्प मेलाको उद्घाटन गर्दै मेयर सुब्बाले धरानलाई फुलबारीको शहर बनाउने भन्दै उनले धरानलाई फुलमा आत्मानिर्भर बनाउने बताए । अब धरानका हरेक कार्यक्रममा फुलको प्रयोग गर्न समेत सबैले थालनि गर्नुपर्ने बताए । स्थानिय सरकार प्रमुखको हैसियतले म यहाँहरुलाई सम्पुर्ण सहयोग गर्न तयार छु,अब फुल ब्यबासायीहरुलेपनि यसमा अग्रसरता लिनु पर्छ उनले भने । धरानको पर्यटन विकासका लागि फुलबारीपनि महत्वपुर्ण पक्ष भएको भन्दै पर्यटन विकास समितीले यस सम्बन्धी आवश्यक कार्य थालनी गरी सकेको उनले बताए । ‘स्थानिय सरकारले धरानलाई फुलबारीको शहर बनाउने निती लिएर काम थालेको छ,धरानको विच बजारबाटै फुलबारी बन्छ । कार्यक्रममा धरान उपमहानगरपालीकाकी उप प्रमुख मन्जु भन्डारी, पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्ले पुष्प ब्यबसायीका सुबेच्छयक विनोद राई लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रम पुष्प ब्यबसायी महासघंका अध्यक्ष कुमार कसजुको अध्यक्षतामा सम्पन्न भएको थियो । पुष्प मेला माघ १ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
तस्विरहरूः ब्लाष्ट/उपेन्द्र चाम्लिङ